८माघ, हेटौँडा । नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध ७ वटै प्रदेशको राजधानिमा गरिने सरकार विरुद्धको विरोध प्रदर्शनको कार्यक्रमको तयारी हेटौँडामा पनि लगभग पुरा भएको छ । प्रदेश नम्बर ३ को राजधानि हेटौँडामा १० गते बहिबार गर्ने विरोध कार्यक्रमको तयारी लगभग पुरा भएको जनाइएको हो ।
तरुण दल मकवानपुरले मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी लगभग पुरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले वर्तमान ओलि सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरेको भन्दै माघ १० गते हेटौंडाको विभिन्न स्थानमा करिब ७ हजार जना युवाहरुले सरकार विरुद्ध प्रदर्शन र कोणसभा गर्ने बताएका छन ।
उनले कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मुल्यवृद्धी, वाइडबडी खरिद अनियमितता, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएकोमा हेटौंडामा पनि सरकारविरुद्ध विरोध प्रर्दशन गरिने पाठकले बताए ।
माघ १० गते हुने विरोध प्रदर्शनमा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही, कोषाध्यक्ष विद्धान गुरुङलगायत पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुको सहभागिता हुने पत्रकार सम्मेलनमा बताइएको छ ।
विरोध जुलुस १० गते दिउँसो १२ बजे पार्टी कार्यालय हेटौंडा–२ बाट सुरु भई काँग्रेसचोक, उद्योगवाणिज्य संघ चोक, वुद्धचोक, चौघडा टेम्पो पार्क चोक, स्कुलरोड हुँदै सीमाचोक टिसिएन रोड, बसपार्क , राप्तीरोड हुँदै वुद्धचोकमा आएर कोणसभामा परिणत हुने अध्यक्ष पाठकले बताए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




