८माघ, हेटौँडा । नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध ७ वटै प्रदेशको राजधानिमा गरिने सरकार विरुद्धको विरोध प्रदर्शनको कार्यक्रमको तयारी हेटौँडामा पनि लगभग पुरा भएको छ । प्रदेश नम्बर ३ को राजधानि हेटौँडामा १० गते बहिबार गर्ने विरोध कार्यक्रमको तयारी लगभग पुरा भएको जनाइएको हो ।
तरुण दल मकवानपुरले मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी लगभग पुरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले वर्तमान ओलि सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरेको भन्दै माघ १० गते हेटौंडाको विभिन्न स्थानमा करिब ७ हजार जना युवाहरुले सरकार विरुद्ध प्रदर्शन र कोणसभा गर्ने बताएका छन ।
उनले कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मुल्यवृद्धी, वाइडबडी खरिद अनियमितता, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएकोमा हेटौंडामा पनि सरकारविरुद्ध विरोध प्रर्दशन गरिने पाठकले बताए ।
माघ १० गते हुने विरोध प्रदर्शनमा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही, कोषाध्यक्ष विद्धान गुरुङलगायत पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुको सहभागिता हुने पत्रकार सम्मेलनमा बताइएको छ ।
विरोध जुलुस १० गते दिउँसो १२ बजे पार्टी कार्यालय हेटौंडा–२ बाट सुरु भई काँग्रेसचोक, उद्योगवाणिज्य संघ चोक, वुद्धचोक, चौघडा टेम्पो पार्क चोक, स्कुलरोड हुँदै सीमाचोक टिसिएन रोड, बसपार्क , राप्तीरोड हुँदै वुद्धचोकमा आएर कोणसभामा परिणत हुने अध्यक्ष पाठकले बताए ।
२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...
२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...







-1780-1781487498.jpg)



-1780448267.jpg)






