Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भौगोलिक संवेदनशिलतालाई ध्यान दिएर विकास गर्नु जरुरी : भण्डारी

Rastapati-1548323293.jpg

१० माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भौगोलिक संवेदनशिलतालाई ध्यानमा दिएर विकास गर्नुपर्नेमा जोड दिएकी छिन् ।
मकवानपुरको मकवानपुरगढी दरबारमा विहिबार आयोजित २५६ औं विजय उत्सव समारोहमा बोल्दै उनले विकास निर्माणको काम गर्दा भौगोलिक संवेदनशिलतालाई विचार गर्नुपर्नेमा जोड दिएकी हुन् । दिगो विकासका लागि त्यही अनुसारको प्रविधि र सिपको प्रयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो । 
उनले कृषिको आधुनिकिकरण र यान्त्रिकिकरण गर्दै देशमा रोजगार सिर्जना गर्न सकिने भएकाले त्यसतर्फ लाग्न पनि आग्रह गरिन् । नेपालको राष्ट्रिय अखण्डतामा मकवानपुरगढीको ऐतहासिक महत्व रहेको भन्दै यसको संरक्षण र विकासमा राज्यको योगदान आवश्यक रहेको उनको भनाई थियो । 
कार्यक्रममा भण्डारीले मकवानपुर गढीमा झण्डोतोलन गर्नुका साथै नेपालको नक्सा अंकित स्मारकको अनावरण गरेकी थिईन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मकवानपुरगढीको संरक्षणमा योगदान पुर्याउनु हुने केदार न्यौपाने, बद्री खतिवडालाई सम्मान गर्नुका साथै हाफ म्याथन दौडका विजेता खेलाडिलाई पुरस्कार प्रदान गरेकी थिईन् ।
कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई र वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिनले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार