१० माघ, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै यो सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताएका छन् ।
नेपाल तरुण दलले बिहीबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् ।
वर्तमान सरकार अधिनायकतर्फ अघि बढेको भन्दै त्यसको विरोधमा तरुणदलले सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको घोषित कार्यक्रमअनुसार बुधबार ३ नम्बर प्रदेशको राजधानीमा प्रदर्शन तथा बिरोधसभा गरेको हो ।
अध्यक्ष बस्नेतले संविधानको धारा कुल्चिएर विभिन्न निर्णय गरेको भन्दै सरकारले देशमा अस्थिरता निम्त्याएको आरोप लगाए । वर्तमान सरकार भ्रष्टाचार र अनियमिताको चरण विन्दुमा पुगेको उनको आरोप थियो ।
भ्रष्टाचार र अनियमितताको आरोप लागेका पर्यटन मन्त्री रबिन्द्र अधिकारी र मेलम्ची खानेपानी आयोजना अलपत्र पार्ने खानेपानी मन्त्री बिना मगरलाई संरक्षण गरेको भन्दै सरकार नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उनले दावी गरे । प्रधानमन्त्रीले समृद्धि र विकासको नारा अघि सारेर मुलुकलाई उल्टो दिशातिर लगिरहेको उनको भनाइ थियो ।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लोकतन्त्रको अनुशासन र विधिको शासनलाई कम्युनिष्ट सरकारले तोडेको आरोप लगाए । उनले कम्युनिष्टसँग संस्कार र संस्कृतिको राजनीति नदेखिएको भन्दै यसले देशमा समृद्धि आउन नसक्ने दावी गरे ।
यस्तै तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईंले सरकारले दुईतिहाईको दम्भ गरेको भन्दै तरुण दलले आन्दोलनमार्फत नै सरकारको घमन्ड अन्त्य गर्ने बताए ।
कार्यक्रममा तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, लकोषाध्यक्ष विद्धान गुरुङ, तरुण दलका काठमाडौं अध्यक्ष कृष्णजीत खड्का, सिन्धुपाल्चोक अध्यक्ष दोर्जे लामालगायतले सरकारको रबैया ठिक नभएको भन्दै सरकारको गलत कामको तरुणले सँधै खबरदारी गर्ने बताए ।
विरोधसभा तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको हो ।
यसअघि हेटौंडा–२ मा रहेको जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध ¥यालीमा हजारौं युवाको सहभागिता रहेको थियो । पार्टी कार्यालयबाट निस्किएको ¥याली संगमचोक, कान्तिराजपथ, स्कुलरोड, सीमाचोक, टिसिएनरोड हुँदैब बसपार्कबाट राप्तीरोड हुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















