१० माघ, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै यो सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताएका छन् ।
नेपाल तरुण दलले बिहीबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् ।
वर्तमान सरकार अधिनायकतर्फ अघि बढेको भन्दै त्यसको विरोधमा तरुणदलले सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको घोषित कार्यक्रमअनुसार बुधबार ३ नम्बर प्रदेशको राजधानीमा प्रदर्शन तथा बिरोधसभा गरेको हो ।
अध्यक्ष बस्नेतले संविधानको धारा कुल्चिएर विभिन्न निर्णय गरेको भन्दै सरकारले देशमा अस्थिरता निम्त्याएको आरोप लगाए । वर्तमान सरकार भ्रष्टाचार र अनियमिताको चरण विन्दुमा पुगेको उनको आरोप थियो ।
भ्रष्टाचार र अनियमितताको आरोप लागेका पर्यटन मन्त्री रबिन्द्र अधिकारी र मेलम्ची खानेपानी आयोजना अलपत्र पार्ने खानेपानी मन्त्री बिना मगरलाई संरक्षण गरेको भन्दै सरकार नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उनले दावी गरे । प्रधानमन्त्रीले समृद्धि र विकासको नारा अघि सारेर मुलुकलाई उल्टो दिशातिर लगिरहेको उनको भनाइ थियो ।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लोकतन्त्रको अनुशासन र विधिको शासनलाई कम्युनिष्ट सरकारले तोडेको आरोप लगाए । उनले कम्युनिष्टसँग संस्कार र संस्कृतिको राजनीति नदेखिएको भन्दै यसले देशमा समृद्धि आउन नसक्ने दावी गरे ।
यस्तै तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईंले सरकारले दुईतिहाईको दम्भ गरेको भन्दै तरुण दलले आन्दोलनमार्फत नै सरकारको घमन्ड अन्त्य गर्ने बताए ।
कार्यक्रममा तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, लकोषाध्यक्ष विद्धान गुरुङ, तरुण दलका काठमाडौं अध्यक्ष कृष्णजीत खड्का, सिन्धुपाल्चोक अध्यक्ष दोर्जे लामालगायतले सरकारको रबैया ठिक नभएको भन्दै सरकारको गलत कामको तरुणले सँधै खबरदारी गर्ने बताए ।
विरोधसभा तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको हो ।
यसअघि हेटौंडा–२ मा रहेको जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध ¥यालीमा हजारौं युवाको सहभागिता रहेको थियो । पार्टी कार्यालयबाट निस्किएको ¥याली संगमचोक, कान्तिराजपथ, स्कुलरोड, सीमाचोक, टिसिएनरोड हुँदैब बसपार्कबाट राप्तीरोड हुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



