१४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका २ कुँडुलेका २ महिने बालकको उपचारको लागि सोमबार आर्थिक सहयोग गरेका छन् ।
विगत १० दिनदेखि निमोनियाबाट पीडित भई आर्थिक अभावका कारण विचल्लीमा परेका राक्सिराङ्ग २ कुडुलेका दुई महिने बालक योशेफ प्रजालाई उपचारमा सहज होस भन्दै नेता बानियाँले २५ हजार रुपैंया सहयोग गरेका हुन् । कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानमार्फत प्रजाकी आमा सानुमायालाई रकम हस्तान्तरण गरेका छन् । नेता बानियाँले आर्थिक अभावका कारण उपचारमा कुनै कमी नहोस भन्दै उपचारमा संलग्न चिकित्सकलाई लागेको रकम नपुग भए आफूले उपलब्ध गराउने फोनमार्फत अवगत सगराएका थिए ।
त्यसैगरी बालक प्रजालाई सिविन बाल हेल्प लाईन हेटौडाका संयोजक झविन्द्र ज्ञवालीले पनि विभिन्न सामाजिक अभियन्ताहरुबाट संकलन गरेको रकम १० हजार १ सयसमेत बुझाएका छन् ।
विरामी बालक प्रजाको आमा सानुमायालाई रकम बुझाउन कांग्रेस मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौला, नेपाल तरुण दल ४ नम्बर क्षेत्रीय सभापति एवं मनहरी गाउँपालिका ७ का वडा अध्यक्ष ठाकुर तितुङ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारीलगायत पुगेका थिए ।
२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...
२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...







-1780-1781487498.jpg)



-1780448267.jpg)






