१४ माघ, काठमाडौं । पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो । यसअघि भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो।
नेपालको जितमा पारस नायक रहे । उनले तेस्रो तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए । उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन् । खड्का एकदिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन्। उनले नेदरल्याण्ड्स विरुद्धको खेलमा ५१ रन बनाएका थिए । यस्तै उनी एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन् । यसअघि सन् २०१८ मा युएईसँगै भएको डिभिजन–२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए। उनले उक्त खेलमा ११२ रन बनाएका थिए ।
खड्का कदिर अहमदको बलमा एलबिडब्लु आउट भए । ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि उनले नेपालको पारी सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ तथा सोमपाल कामिले अविजित २६ रन बनाउँदा यसअघिको खेलमा अर्धशतक प्रहार गरेका रोहित पौडेलले १६ रन बनाए । युएईका इमरान हैदर र अस्फाक अहमदले समान २र२ विकेट लिए।
यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको थियो ।
खराव सुरुवात गरेको युएईका मध्यक्रमका व्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्दा युएई सम्मानजनक योगफल तर्फ उन्मुख भएको थियो । ओपनिङ व्याट्सम्यान अस्फाक अहमद र चिराग सुरीलाई शुन्य रनमा गुमाएको युएईले पाँचौ विकेटकालागि सिपी रिजवान र सैमान अनवरबीच एक सय रनको पार्टनरसिप भएपछि सम्मानजनक योगफल तयार पारेको थियो। युएईका अनवरले सर्वाधिक ८७ रन बनाए । यस्तै रिजवानले ४५ रन बनाउँदा मोहम्मद बुटा ५९ रनमा अविजित रहे । नेपालका पारस खड्का र करण केसीले समान २/२ विकेट लिए । नेपालले एकदिवसीय मान्यता पाएपछि यसअघि नेदरल्याण्ड्ससँग खेलेको पहिलो सिरिज १/१ को बराबरीमा सकिएको थियो ।
साभार : नागरिक न्यूज
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















