हेटौँडा, १७ माघ । बकैया गाउँपालिकामा विहिबारबाट शुरु भएको प्रथम बकैया गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा वडा नंबर २ लाई ट्राइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ५ ले विजयी सुरुवात गरेको हो । जुरेली खेल मैदानमा भएको प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्ेलले गाउँगाउँमा खेलकुदको क्रियालाप हुनु राम्रो भएको बताए ।
खेलले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनको लागि निकै महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बकैयाको खेलकुद क्षेत्रको विकासको लागि प्रदेश नंबर ३ को सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बकैया गाउँपालिका खेलकुद विकास समन्वय समितिका अध्यक्ष प्रकाश वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नंबर ३ का सांसद प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सीना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा सहितका गाउँपालिकाका वडा अध्यक्षहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटा वडाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ७५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतिय स्थान हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समन्वय समितिका सचिव यादव चौँलागाईले बताए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















