Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बकैयास्तरीय फुटबलमा वडा नम्बर ५ विजयी

Football-Bakaiya-1548944762.JPG

हेटौँडा, १७ माघ । बकैया गाउँपालिकामा विहिबारबाट शुरु भएको प्रथम बकैया गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले विजयी शुरुवात गरेको छ ।  
उद्घाटन खेलमा वडा नंबर २ लाई ट्राइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ५ ले विजयी सुरुवात गरेको हो । जुरेली खेल मैदानमा भएको प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्ेलले गाउँगाउँमा खेलकुदको क्रियालाप हुनु राम्रो भएको बताए । 
खेलले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनको लागि निकै महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बकैयाको खेलकुद क्षेत्रको विकासको लागि प्रदेश नंबर ३ को सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताए । 
बकैया गाउँपालिका खेलकुद विकास समन्वय समितिका अध्यक्ष प्रकाश वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नंबर ३ का सांसद प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, जिल्ला खेलकुद विकास समिति  अध्यक्ष माधव तिमल्सीना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा सहितका गाउँपालिकाका वडा अध्यक्षहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो । 
प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटा वडाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ७५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतिय स्थान हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समन्वय समितिका सचिव यादव चौँलागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार