२० माघ, काठमाडौं । आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै १६ औं पटक सम्म अनशन बसेका डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदैछ। उनले शुक्रबार २४ दिनको अनशन स्थगित गरेका थिए।
उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा.प्रमेश श्रेष्ठले डा. केसीको अवस्था सामान्य हुँदै गएको बताए। उनल भने, ‘आइतबार उहाँलाई आइसियुमा राख्ने की जनरल वार्डमा राखेर उपचार गर्ने निर्णय गर्दछौं। यसका लागि उहाँको स्वास्थ्य परीक्षणबाट रिपोर्ट आएपछि हामी सल्लाह गरेर निर्णयमा पुग्छौं।’
अनशन स्थगित गरेसँगै उनको उपचार थालिएको थियो। ‘उहाँको मुटुको चाल स्टेवल छ। रगतमा नुनको मात्रा कम छ’, डाक्टर श्रेष्ठले भने, ‘विस्तारै खाना खान थाल्नु भएको छ। केहि समय उहाँलाई अस्पतालमै राखेर उपचार गर्नुपर्छ।
डा. केसीको माग विपरीत संघीय संसद्ले चिकित्सा शिक्षा विधेयक पास गरीसकेको छ। शुक्रवार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उनले अनशन फिर्ता लिएका थिए। सरकारले केसीको मागलाई बेवास्ता गरेकाले स्वास्थ्यलाई ध्यानमा राखेर अनशन फिर्ता लिन विभिन्न व्यक्तित्वहरूले उनलाई आग्रह गरेका थिए। उनिहरुको आग्रहमा केसीले अनशन फिर्ता लिने निर्णय गरेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले बताए।
यसैबीच डा. केसीको माग र स्वास्थ्यमा सरकार गम्भीर नभएको भन्दै यसअघि तीन वटा संस्थानका आवासीय चिकित्सकहरुले गत माघ ११ गते देखि गर्दै आएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु समेत फिर्ता लिएको जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका हुन् ।
साभार : नागरिक न्यूज
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)