Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डा. गोविन्द केसीको उपचार आईसियुमा

Dr-KC-1549163375.jpg

२० माघ, काठमाडौं । आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै १६ औं पटक सम्म अनशन बसेका डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदैछ। उनले शुक्रबार २४ दिनको अनशन स्थगित गरेका थिए।
उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा.प्रमेश श्रेष्ठले डा. केसीको अवस्था सामान्य हुँदै गएको बताए। उनल भने, ‘आइतबार उहाँलाई आइसियुमा राख्ने की जनरल वार्डमा राखेर उपचार गर्ने निर्णय गर्दछौं। यसका लागि उहाँको स्वास्थ्य परीक्षणबाट रिपोर्ट आएपछि हामी सल्लाह गरेर निर्णयमा पुग्छौं।’
अनशन स्थगित गरेसँगै उनको उपचार थालिएको थियो। ‘उहाँको मुटुको चाल स्टेवल छ। रगतमा नुनको मात्रा कम छ’, डाक्टर श्रेष्ठले भने, ‘विस्तारै खाना खान थाल्नु भएको छ। केहि समय उहाँलाई अस्पतालमै राखेर उपचार गर्नुपर्छ।
डा. केसीको माग विपरीत संघीय संसद्ले चिकित्सा शिक्षा विधेयक पास गरीसकेको छ। शुक्रवार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उनले अनशन फिर्ता लिएका थिए। सरकारले केसीको मागलाई बेवास्ता गरेकाले स्वास्थ्यलाई ध्यानमा राखेर अनशन फिर्ता लिन विभिन्न व्यक्तित्वहरूले उनलाई आग्रह गरेका थिए। उनिहरुको आग्रहमा केसीले अनशन फिर्ता लिने निर्णय गरेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले बताए।
यसैबीच डा. केसीको माग र स्वास्थ्यमा सरकार गम्भीर नभएको भन्दै यसअघि तीन वटा संस्थानका आवासीय चिकित्सकहरुले गत माघ ११ गते देखि गर्दै आएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु समेत फिर्ता लिएको जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका हुन् ।
साभार : नागरिक न्यूज


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार