फाइल फोेटो
२२ माघ,हेटौँडा । नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिने भएकी छिन ।
व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनेर राजिनामा दिएको न्यु मिडिया फेसबुकमा उल्लेख गरेकि थिइन । उनले भोलि माघ २३ गतेबाट लागू हुनेगरी माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गर्ने बताएका छिन ।
गत आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएको हप्ता दिन नबित्दै पौडेलले राजिनामा दिएकि हुन । पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।
प्रेस वक्तव्य
भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यु समक्ष राजिनामा पेश गरेकी छु। ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हु।खुल्ला प्रतिस्पर्धा गरि लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसगै, म मङ्सिर २५,२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु।
योसगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनुपनि मेरालागि विशेष अवसर भएका छन्। यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय-सीमा भित्रै सफलतापुर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु।उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठुलो उपलब्धि भएको छ।
सम्पुर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु। बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा,सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, ,बिशिस्ट चलचित्रकर्मीकालागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाती, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन्।
यो छोटो कार्यकाललाई उपलब्धिपुर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सन्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटा ज्यु, संचार सचिव ज्यु लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवार प्रति कृतज्ञता व्यक्त गर्दछु। मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानिय प्रधानमन्त्री ज्यु प्रती आभार प्रकट गर्दछु।
साथै नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पुर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको सम्योजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु। यो सङै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने कुराकोपनि जानकारी गराउदछु। चलचित्र बिकास बोर्ड को अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि,मेरो नाभीसगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितकालागि म सदैव क्रियाशील रहिरहने छु। यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन। मलाई सदैव प्रोत्साहीत गर्नुहुने मेरा परिवार, आदरणीय चलचित्रकर्मीज्युहरु तथा संचारकर्मीज्युहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















