Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नाष्टको प्रान्तिय कार्यालयका लागि जग्गा खोजी

उपलब्ध गराउने सरोकारवालाहरूको प्रतिवद्धता

20161110_162553-1478782449.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) को प्रान्तीय कार्यालयका लागि मकवानपुरमा जग्गाको खोजि थालिएको छ । नाष्टले ७ वटै प्रदेशमा कार्यालय खोल्ने क्रममा ३ नम्बर प्रदेश कार्यालय संचालनका लागि मकवानपुरमा जग्गा खोजि थालेको हो ।  

प्रयोगशाला, विज्ञान पार्क र कार्यालय संचालनका लागि संभाव्यता अध्ययन टोलीले जग्गा खोजि थालेको छ । टोलीले विहिबार सरोकारवालाहरूसंग छलफल गरेको छ । कार्यक्रममा नाष्टका प्राज्ञ एवं टोली संयोजक गोपाल केसीले नगर वा अासपासको क्षेत्रमा ७ विगाह जग्गा अावश्यक रहेको जानकारी दिएका थिए । उनका अनुसार टोलीले सरोकारवालासंग छलफल गरि १ साताभित्र नाष्टको योजना तथा मूल्यांकन महाशाखामा सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।

कार्यक्रममा मकवानपुरका राजनीतिक दलले नाष्टका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरूले तयारीका लागि यथाशीघ्र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गर्न समेत सुझाव दिएका छन् । छलफलमा मकवानपुरगढी-३ कुर्लेदमार, हेटौंडा सिमेन्ट पछाडि र दामनस्थित मैत्री बगैंचाको जग्गा अध्ययनका लागि प्रस्ताव गरिएको थियो । कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सुझावमा अाएका र अन्य क्षेत्रका जग्गाको अध्ययन पश्चात् जग्गा प्राप्तिका लागि सर्वपक्षीय सहमतिमा सरकारलाई सिफारिस गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति माईकल रामचन्द्र अर्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, माअोवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी, माले मकवानपुरका संयोजक भीमसेन महत, राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष गिरिजा अधिकारी, मालपोत अधिकृत मुक्तिनारायण भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नाष्टका प्रतिनिधि, राजनीतिक दल, सरकारी कार्यालयका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो । नाष्टले विभिन्न क्षेत्रमा बैज्ञानिक अध्ययनको काम गर्ने गर्दछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार