२८ माघ, हेटोँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मौलाउदै गएको भ्रष्टाचारको जालो तोड्न सहज नभएको बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सवका अवसरमा आयोगको हेटौंडा स्थित कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पौडेलले यसो बताएका हुन ।
उनले सम्बोधनका क्रममा एक वर्षको अवधिमा प्रदेश सरकारले जनताले अनुभुती गराउने खासै काम गर्न नसकेको भन्दै मुलुकमा भ्रष्टाचार मौलाएको बताए । ‘रकमको लिने र दिने मात्र भ्रष्टाचार होइन तोकिएको समयमा कार्यालयमा रहेर कार्य सम्पादन नगर्नु, सेवाग्राहीको कामलाई आलटाल गरी ढिलो कार्य गर्नु पनि भ्रष्ट्राचार हो’ मुख्य मन्त्री पौडेलले बताए । थप प्रशगंमा पौडेलले सबै मिली अख्तियारलाई हरेक क्षेत्रबाट कार्य सम्पादनमा सहयोग गरेमा भ्रष्टाचारमा कमि आई सुशासन कायम हुने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुखसचिव आनन्दराज ढकालले निजामती कर्माचारीलाई ऐन र कानुनले तोकेको परिधिभित्र रहेर सेवाग्राहीलाई सेवा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले एक बर्षको अबधिमा ११ वटा भ्रष्टाचारका स्ट्रिङ अप्रेशनमा १५ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको र भ्रष्ट्राचार नियन्त्रणका लागि प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी गराईन ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल ,बाराका प्रमुख नबलकिशोर सिंह, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न सरकारी तथा प्रदेश कार्यालयका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







