१ फागुन, हेटौंडा। नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स र एम्बुलेन्स संचालनका लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन्। बानियाँले स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका हुन।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नेता बानियाँले मानवताको धर्म नै सेवा हो र त्यसैको फलस्वरुप अाफूले स्वास्थ्यसेवामा सकेको सहयोग गर्दै अाईरहेको अवस्थामा राईगाउँ स्वास्थ्यचौकीलाई स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स र सुरुको अवस्थामा एम्बुलेन्स संचालनको लागि ५० हजारसमेत जम्मा गरेको बताए।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँले एम्बुलेन्स दिएर उदाहरणीय काम गरेको भन्दै बानियाँलाइ धन्यवाद दिइन्
नेतृ डिनाले कम्युनिष्टहरुले पटक/पटक जित हासिल गर्दापनि फर्केर नहेर्ने र अर्को क्षेत्रमा जितेर पनि यो क्षेत्रमा अाएर सहयोग गर्ने मन भनेको कांग्रेसको मात्रै रहेको बताइन।यसअघि नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण गरेका थिए ।
बागमती २ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख अातिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य शेरबहादुर तामाङ्ग, चोकबहादुर ठाडामगर, महासमिति सदस्य दीनेश उपाध्याय, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, हेटौंडा नगर सभापति अानन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि ईश्वर पण्डित, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस बागमती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, समाजसेवी लक्ष्मण सुवेदी, ज्ञानेन्द्र बर्तौलालगायत जनप्रतिनिधि एवं स्थानीयको उपस्थिति रहेको थियोे ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)