१ फागुन, हेटौंडा। नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स र एम्बुलेन्स संचालनका लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन्। बानियाँले स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका हुन।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नेता बानियाँले मानवताको धर्म नै सेवा हो र त्यसैको फलस्वरुप अाफूले स्वास्थ्यसेवामा सकेको सहयोग गर्दै अाईरहेको अवस्थामा राईगाउँ स्वास्थ्यचौकीलाई स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स र सुरुको अवस्थामा एम्बुलेन्स संचालनको लागि ५० हजारसमेत जम्मा गरेको बताए।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँले एम्बुलेन्स दिएर उदाहरणीय काम गरेको भन्दै बानियाँलाइ धन्यवाद दिइन्
नेतृ डिनाले कम्युनिष्टहरुले पटक/पटक जित हासिल गर्दापनि फर्केर नहेर्ने र अर्को क्षेत्रमा जितेर पनि यो क्षेत्रमा अाएर सहयोग गर्ने मन भनेको कांग्रेसको मात्रै रहेको बताइन।यसअघि नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण गरेका थिए ।
बागमती २ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख अातिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य शेरबहादुर तामाङ्ग, चोकबहादुर ठाडामगर, महासमिति सदस्य दीनेश उपाध्याय, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, हेटौंडा नगर सभापति अानन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि ईश्वर पण्डित, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस बागमती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, समाजसेवी लक्ष्मण सुवेदी, ज्ञानेन्द्र बर्तौलालगायत जनप्रतिनिधि एवं स्थानीयको उपस्थिति रहेको थियोे ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







