Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविका विद्यार्थीसंग प्रहरीको १ दिन

52126882_233526294269675_-1550247915.jpg

३ फागुन, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीसंग समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरी संग १ दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत उक्त प्रशिक्षण सहितको  कार्यक्रम संचालन गरिएको हो ।
 
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले विद्यार्थीहरुलाई प्रहरीले के कसरी जन्ताको नजिक रहेर कार्य गर्छ र प्रहरी कसैको शत्रु नभई मित्र हो भन्ने कुरा बुझाउनु कार्यक्रमको मुख्य उदेश्य भएको बताए । 
त्यसैगरी गरी दगा नियन्त्रण गण हेटौडा ११ थानाभयाङ्का प्रमुख प्रहरी उपरीक्षक मुकेश विक्रम सिंहले विद्यार्थीहरुलाई दंगा प्रहरी नियन्त्रण बलको कामको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक बुद्धिराज गुरुङ्ले विद्यार्थीहरुलाई साइबर क्राईम, लागूऔषध दुर्व्यसनी र मादक पदार्थ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । 
सहभागि विद्याथीहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरको थुनुवा कक्ष, दर्ता चलानि कक्ष, मुद्धा कक्षको अवलोन गर्नुका साथै उनिहरुलाई प्रहरीले दिने सेवाको बारेमा जानकारी गराईएको थियो । त्यसैगरी सहभागि विद्यार्थीहरुले हेटौँडा ११ मा रहेको ३ नम्बर प्रदेश प्रहरी कार्यालय तथा दगा नियन्त्रण गणको अबलोकन गरी त्यहा हुने गरेका प्रहरी गतिविधिका बारेमा जानकारी लिएका थिए । उनिहरुले प्रहरी मेश, तालिम हल, ब्यारेकको अवलोकन गरेका थिए ।  
  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाई, विद्यालयका प्रअ मोहन प्रसाद शर्मा लगायात प्रहरी अधिकारी, पत्रकार, विद्यालयका शिक्षक तथा शिक्षिका सहित करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

52340175_2204366516269358-1550247916.jpg

सहभागि विद्यार्थीलाई प्रहरीको कार्यको बारेमा जानकारी गराउदै प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र ना महानिरीक्षक दिपक कुमार थापा

51984883_300830120625096_-1550247947.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार