Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक दिनको सफाइले नगर सफा होला र मेयर साब?

52629641_2338200819564103-1550296200.jpg

सरसफाई गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महत

सुनिल शिवाकोटि

४ फागुन,हेटौँडा । शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १र२ को सिमाना चौकिटोल ओरालोमा हातमा पञ्जा, मुखमा मास्क अनि झाडु लगाएका मानिसहरुको बाक्लो भिड थियो। उक्त स्थानमा नेपाल प्रहरी, शसक्त प्रहरी,ट्राफिक प्रहरी  तथा नगर प्रहरीको बाक्लो भिड सहित उपस्थिती थियो । नजिकै रहेको अन्नपुर्ण भोजनालयको छेउमा मास्क लगाएर हातमा झाडु बोकि सरसफाइमा ब्यस्त थिए हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरी बहादुर महत, महत संगै सरसफाइमा साथ दिदै थिए जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झा । 
हेटौँडा उपमाहानगरलाई स्वच्छ राखन र प्रदुर्षण मुक्त गराउन यस कार्यको थालनि गरिको रहेछ । उपमहानगरपालिकाले हरेक शनिबार नगरका हरेक वडा र वडा भित्र पर्ने स्थानमा सरसफाइ गर्ने योजना सहितको सरसफाइ कार्यक्रम ल्याएको हरेछ । 
सरसफाइमा सामेल नेपाल, प्रहरी, शसक्त प्रहरी, नगर प्रहरी, जनप्रनिनिधीले यत्रतत्र छरिएर रहेका रफयाकिएका सुर्तिजन्य प्रदार्थका खोल संकलन गर्दै थिए भने उक्त अभियानमा भने स्थानिय सर्वसाधारणहरुको खासै सहभागिता भने देखिएन । 
सरसफाईमा सहभागिहरु भन्दै थिए एक दिनको सफाइले नगर के सफा होला र? वास्तबै एक दिनको सफाइले नगर सफा हुदैन, नगरपालिकाले यस्ता कार्यमा निति बनाएर कारवाही गर्न जरुरी छ । नत्र एक दिनको सफाइले नगर सफा कदापि हुदैन यस्को उदाहरण केहि दिन अघि सफाइ गरिएको बसपार्कलाई हेर्दा हुन्छ । 

उपमहानगरपालिकाको यो कार्य सम्मान योग्य छ तर आफै सफाइमा निस्कनुको सट्टा दिर्घकालिन उपयुक्त निति बनाई, त्यस्ता फोहोर निम्त्याउने पदार्थमा रोक लगाई र हरेक टोल टोल, विद्यालय तथा स्थानिय टोल विकास, सघं सस्था संग सहकार्य गरेर जादा उक्त अभियानले सफलता  पाउलाकी ?

52372898_317187899151478_-1550296200.jpg
52113266_766334070412591_-1550296241.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार