४ फागुन, हेटौँडा । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले सालक संरक्षण सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
समूहको चालु आव ०७५/०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समूहले जनाएको छ । अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले संरक्षित एवम लोपोन्मुख सूचीमा रहेको सालकको संरक्षण गर्ने कार्यमा सरकारी निकाय, सामुदायिक वन, स्थानीय समुदाय, संघसंस्था एवम सरोकारवालाहरु एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए । रानी सामुदायिक वनले २०६३ सालदेखि सालकको संरक्षण गर्दै आएको छ । समूहले सालकको बासस्थान, यसको आहार, प्रचारप्रसार, होडिङ बोर्ड र कानूनी व्यवस्थाको बारेमा विभिन्न सामुदायिक वन, विद्यालय, क्लव र अन्य सामाजिक संघसंस्थाहरुका पदाधिकारी, सुरक्षा निकायहरुमा समेत सालक सम्वन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस समूहको वन क्षेत्रमा करीव एक दर्जन सालक रहेको समूहका सचिव नानीमाया रुम्वाले बताईन ।
हेटौडा–६ का वडा सदस्य रामहरी राईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ ३ नं. प्रदेश सदस्य रामहरी चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका उपाध्यक्ष डोरबहादर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतले सालकको संरक्षणमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वन समूहका पदाधिकारी, लेखा समिति, सल्लाहकार, महिला उपसमिति र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)