Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सालक दिवसमा रानी वनमा अन्तरक्रिया

Saalak-1550301552.jpg

४ फागुन, हेटौँडा । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले सालक संरक्षण सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
समूहको चालु आव ०७५/०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समूहले जनाएको छ । अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले संरक्षित एवम लोपोन्मुख सूचीमा रहेको सालकको संरक्षण गर्ने कार्यमा सरकारी निकाय, सामुदायिक वन, स्थानीय समुदाय, संघसंस्था एवम सरोकारवालाहरु एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए । रानी सामुदायिक वनले २०६३ सालदेखि सालकको संरक्षण गर्दै आएको छ । समूहले सालकको बासस्थान, यसको आहार, प्रचारप्रसार, होडिङ बोर्ड र कानूनी व्यवस्थाको बारेमा विभिन्न सामुदायिक वन, विद्यालय, क्लव र अन्य सामाजिक संघसंस्थाहरुका पदाधिकारी, सुरक्षा निकायहरुमा समेत सालक सम्वन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस समूहको वन क्षेत्रमा करीव एक दर्जन सालक रहेको समूहका सचिव नानीमाया रुम्वाले बताईन । 
हेटौडा–६ का वडा सदस्य रामहरी राईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ ३ नं. प्रदेश सदस्य रामहरी चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका उपाध्यक्ष डोरबहादर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतले सालकको संरक्षणमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा वन समूहका पदाधिकारी, लेखा समिति, सल्लाहकार, महिला उपसमिति र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार