सुनिल शिवाकोटी
४ फागुन, हेटौँडा । मकवानपुर जिल्लालाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा विभिन्न गैर सरकारी संघ संस्थाको सहकार्यमा शनिबार हेटौंडाको पल्पसा सभाहलमा आयोजित कार्यक्रम मार्फत मकवानपुरलाई सडक सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरेका हुन । घोषण कार्यक्रममा पौडेलले मानवसेवा आश्रमको पहलमा मकवानपुर जिल्ला सहयोगापेक्षी सडकमानव रहित जिल्ला घोषणा गरिएको बताएका छन ।
उनले कार्यक्रममा बोल्दै सरकारको निती अनुसरनै जिल्लालाई सहयोगापेक्षी सडकमानव रहित जिल्ला घोषणा गरेको बताए। उनले मानव सेवा आश्रमले समाजमा रहेका भोका नाङ्गा ब्यक्तीहरुलाई संरक्षक गरेको प्रशंसा गर्दै प्रदेश माताहतमा रहेका १ सय ९ वटै सरकारले यस्ता ब्यक्तिहरुको संरक्षणमा उचित कार्यविधि ल्याउनु पर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ का आन्तरिक मामिला एवं कानूनमन्त्री शालिकराम जम्मरकट्टेले संरक्षण गर्ने काम चुनौतिपुर्ण रहेको भन्दै मानव आश्रम लगायत अन्य संघ संस्थाले सडकमा कष्टकर जिवन विताउदै आएका व्यक्तिहरुलाई संरक्षण गरेको कार्यलाई सम्मान योग्य भएको बताएका छन । त्यस्तै प्रदेश ३का सामाजिक विकास मन्त्री युवराज दुलालले सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा मकवानपुरबाट सुरु गरिएको र अब यस कार्यले प्रदेशभरि निरन्तरर्ता पाउने बताए ।
त्यस्तै प्रदेश ३ प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले यो मानविय कार्य भएको भन्दै अब हरेक सहकारीले १ प्रतिशत रकम यस्ता असाहय व्यक्तिहरुलाई छुट्याउनु पर्ने बताए । उनले हरेक क्षेत्रबाट मानविय हिसाबमा सबै लागे नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त देश घोषण गर्न सकिने बताए ।
घोषण कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेश सांसदहरु मुनु सिग्देल, कुमारी मोक्तान, जुनेलि श्रेष्ठ लगायत मकवानपुरका सबै स्थानीय तहका प्रमुख, प्रदेश सरकारमा प्रमुख सचिव, सचिव , पत्रकार जिल्लाका समाजसेवी, उद्योगी, व्यवसायी, विभिन्न टोल विकास संस्था तथा संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम मार्फत सहयोगापेक्षी सडक मानवमुक्त कार्यमा सहयोग पुयाउने ६ वटा वृद्धा आश्रमहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)