५ फागुन, हेटौँडा । ठूलो तामझामका साथ उद्घाटनको चर्चा गरिएको मनहरीस्थित काष्ठ तथा फर्निचर उद्योगको कार्यक्रम फितलो भएको छ ।
कार्यक्रममा बोलाईएका प्रमुख अतिथि र विशेष अतिथि नै नआएपछि अन्तिम समयमा आयोजकको लाज जोगाईदिन मूख्यमन्त्री डोरमणी पौडेल कार्यक्रममा पुगेका थिए । मनहरी गाउँपालिका संरक्षक र सामुदायिक वन उपभोक्ता महासंघ मनहरीको अगुवाईमा मनहरी–९ ज्यामिरेमा उद्योगको आइतबार उद्घाटन गरिएको छ । कार्यक्रमको संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालबाट उद्घाटन गर्ने भनिए पनि दुबै नआउने भएपछि आयोजकको लाज जोगाउन मूख्यमन्त्री डोरमणी पौडेल कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका थिए ।
कार्यक्रममा सम्बन्धित कार्यालय वन डिभिजन कार्यालयबाट समेत कोही प्रतिनिधि पुगेनन् भने लक्षित वन समूहमध्ये केही अनुपस्थित रहेका थिए । कार्यक्रममा जनसहभागिता समेत कमजोर रहेको थियो । आकस्मिक ढंगबाट कार्यक्रममा उपस्थित हुनु परेका कारण प्रमुख अतिथि पौडेल अघि नै बोलेर हिडेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कार्यक्रममा उपस्थित नहुने अतिथिको कटाक्ष गरेर विताएका थिए । कमिसन खान नपाएर नआएका समेत एक वक्ताले भन्न भ्याएका थिए । कार्यक्रममा सहभागी अतिथिमध्ये थोरैलाई मात्रै बोल्न दिईएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, पूर्व संविधानसभा सदस्य राजाराम स्यांतान, गाउँपालिका प्रमुख एकराज उप्रेति, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रदेखि जिल्लासम्मका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम फेकोफन मनहरीका अध्यक्ष हेम उप्रतिको अध्यक्षतामा भएको थियो ।
काठ चिरानको समस्या भोग्दै आईरहेका उपभोक्ताहरुको हितमा ध्यानमा राख्दै काष्ठ तथा फर्निचर उद्योगको स्थापना गरिएको जनाईएको छ । ५१ प्रतिशत सामुदायिक वनउपभोक्ता समूहहरुको र बाँकी सर्वसाधारणको शेयर रहने गरी उद्योग संचालनको ढाँचा तयार गरिएको छ । यसअघि हेटौँडाको हर्नामाडि पनि यस्तै सामुदायिक काष्ठ मिल संचालन गरिएको थियो । त्यो काठ मिल अहिले कठिनाईका साथ संचालन भईरहेको छ ।
तस्विरहरु : एकराज उप्रेति र सूचना शिवकुमार काशीको फेसबुकबाट
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















