Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति

गाउँपालिका उपाध्यक्ष उम्मेदवारसहित ३४ जना कांग्रेस प्रवेश

Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ ।

मंगलबार भएको भेलाले विश्व लामाको नेतृत्वमा बज्रबाराहीमा छाया सरकार गठन भएको हो । कार्यक्रममा जिल्ला तथा केन्द्रीय तहका नेताहरुले गाउँपालिकामा हुने विकृति, विसंगतिविरुद्ध सशक्त आवाज उठाउन छाँया सरकारलाई निर्देशन दिए । स्थानीय तहलाई जनताप्रति उत्तरदायी बनाउँदै विकासमा अभिप्रेरित गर्ने र गलत गर्न खोजे खबरदारी गर्ने काम छायाँ सरकारको भएको उनीहरुको भनाई थियो ।

यस्तै, नेपाल तरुण दल ईन्द्रशरोबर गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय बृहत तरुण भेला समेत भएको छ । नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिकाका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा तरुण भेला भएको हो ।

बृहत् तरुण भेलामा राप्रपाबाट स्थानीय तहको निर्वाचनमा ईन्द्रशरोबर गाउँपालिकामा उपाध्यक्षको प्रत्यासी निर्मला तामाङ, वडा अध्यक्षका प्रत्यासी प्रताप लामासहित राप्रपा र नेकपा परित्याग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, महासमिति सदस्य जयराम लामिछाने, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, तरुण दल मकवानपुर सभापति ईश्वर पाठक, कांग्रेस ईन्द्रशरोबर नेता विश्व लामाले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, निर्मला लामाको संयोजकत्वमा १६ सदस्यीय नेपाल महिला संघ ईन्द्रशरोवर गाउँपालिका र अनुप बलामी कृष्णको अध्यक्षमा १९ सदस्यीय तरुण दल ईन्द्रशरोबर गाउँपालिका गठन गरिएको छ ।
कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य शुसान्त श्रेष्ठ, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल नेता राजेश भेटवाल, तरुण जिल्ला उपाध्यक्ष रामकुमार रायमाझी, सचिव सचित थापा, क्षेत्रीय अध्यक्षद्वय सुमन श्रेष्ठ र सञ्जय श्रेष्ठ, नेपाल महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण हेटौंडा उपमहानगर सभापति सुनिल गिरीलगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार