७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ ।
मंगलबार भएको भेलाले विश्व लामाको नेतृत्वमा बज्रबाराहीमा छाया सरकार गठन भएको हो । कार्यक्रममा जिल्ला तथा केन्द्रीय तहका नेताहरुले गाउँपालिकामा हुने विकृति, विसंगतिविरुद्ध सशक्त आवाज उठाउन छाँया सरकारलाई निर्देशन दिए । स्थानीय तहलाई जनताप्रति उत्तरदायी बनाउँदै विकासमा अभिप्रेरित गर्ने र गलत गर्न खोजे खबरदारी गर्ने काम छायाँ सरकारको भएको उनीहरुको भनाई थियो ।
यस्तै, नेपाल तरुण दल ईन्द्रशरोबर गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय बृहत तरुण भेला समेत भएको छ । नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिकाका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा तरुण भेला भएको हो ।
बृहत् तरुण भेलामा राप्रपाबाट स्थानीय तहको निर्वाचनमा ईन्द्रशरोबर गाउँपालिकामा उपाध्यक्षको प्रत्यासी निर्मला तामाङ, वडा अध्यक्षका प्रत्यासी प्रताप लामासहित राप्रपा र नेकपा परित्याग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, महासमिति सदस्य जयराम लामिछाने, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, तरुण दल मकवानपुर सभापति ईश्वर पाठक, कांग्रेस ईन्द्रशरोबर नेता विश्व लामाले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, निर्मला लामाको संयोजकत्वमा १६ सदस्यीय नेपाल महिला संघ ईन्द्रशरोवर गाउँपालिका र अनुप बलामी कृष्णको अध्यक्षमा १९ सदस्यीय तरुण दल ईन्द्रशरोबर गाउँपालिका गठन गरिएको छ ।
कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य शुसान्त श्रेष्ठ, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल नेता राजेश भेटवाल, तरुण जिल्ला उपाध्यक्ष रामकुमार रायमाझी, सचिव सचित थापा, क्षेत्रीय अध्यक्षद्वय सुमन श्रेष्ठ र सञ्जय श्रेष्ठ, नेपाल महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण हेटौंडा उपमहानगर सभापति सुनिल गिरीलगायतको सहभागिता रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















