Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

वाह सरकार !

Keshav-Sir-1550756683.jpg

केशव सञ्जेल

खाँचो पर्दा गोरुजस्तै गरी खटायौ 
निजामति हली लगाई हामीलाई ठटायौ 
आर्मी पुलिस डराएर गाउँ छाडेका बेला
द्वन्द्वकालको डढेलोमा गाउँमा पठायौ !!

साथ दियौँ इमानदार नेता ठानेर
परिवर्तन गर्नेलाई साथ् दिऊँ भनेर 
आज अब सत्ता चढ्यौ उबेलाका मित्र
अहिले घोक्रेठ्याक लायौ शत्रु बनेर !!

समन्वय इकाई र गाउँ/नगरमा हामी
विद्यालय अनुगमन समस्यामा हामी 
थोरै भाउ गाह्रा काम सबै हाम्रा भागमा
तर मार्ने निजामति दुःख गर्ने हामी !!

हामीलाई हुलाकीको संज्ञा भिरायौ
मूल्याङ्कन नै नगरेर तिम्ले बिरायौ 
हाम्रो ईर्ष्या गर्दै जले पेशागतका पनि
हामीलाई बिनाकामका भनी गिरायौ !!

हाम्रा कामले आज शिक्षा माथि उठायौ
दातृ संस्था मुलुकबाट स्रोत जुटायौ 
लोकतन्त्रमा सबैलाई अवसर दिन्छु भन्थ्यौ
सट्टा शिक्षक अस्थायी आरपी घर पठायौ !!

तिम्रा तलब सुबिधा चाहिँ थप्दै थप्दै जाऊ
फेरि चुनाव लड्नुपर्छ खर्च जोड्दै जाऊ
समृद्धिको नारा लाउन खटाऊ कार्यकर्ता
जनताका दिलबाट पाइला मोड्दै जाऊ !!

तस्करहरू साथी बनाऊ खट्नेलाई भुल
बलात्कारी हत्यारालाई पार्टीभित्र हुल 
दुई तिहाइ छँदै छनि कस्ले के नाप्छ र?
यही हो मौका नभुल है सपार आफ्नो कुल !!

भलो हुन्न काम गर्नेको आँसु झार्नेलाई
अपमानको पीडा दिई बेहाल पार्नेलाई 
समय हो घुम्दै आउँछ पालो तलमाथि 
कमजोर ठानी सहृदयी आत्मा मार्नेलाई !!

धन्यवाद 
२०७५/११/०९ हेटौडा, 
स्रोतव्यक्ति, मकवानपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg