Photo : The New York Times
९ फागुन । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
रासायनिक भण्डारण केन्द्रमा बुधबार राति ११ बजेतिरबाट शुरु भएको आगलागीका कारण मृत्यु हुनेको संख्या विहिबार साँझसम्म ७० पुगेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
आगलागीमा ५० भन्दा बढि घाइते भएका छन् र उनीहरुको ढाका मेडिकल कलेजमा उपचार भईरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । ५ तले रासायनिक भण्डार गरिएको घरको पहिलो तलाबाट आगलागी शुरु भएको थियो भने अन्य घरमा समेत फैलिएको थियो । आगो निभाउन विहानसम्म ३७ वटा अग्नि नियन्त्रक यन्त्र प्रयोग भएको थियो ।
यस क्षेत्रमा अवधै ढंगबाट गोदाम राखिएको भन्दै स्थानीयले प्रशासनलाई कडा कदम चाल्न आग्रह गरेका छन् । बंगलादेश सरकारले घटनाबारे अध्ययनका लागि ५ सदस्यीय समिति गठन गरेको बंगलादेशका गृहमन्त्री अस्दुजामान खानलाई उदृत गर्दै रोयर्टसले जनाएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले समेत घटनालाई नजिकबाट नियालिरहेको जनाएकी छिन् ।
सन् २०१२ मा ढाकाको एक गार्मेन्ट कारखानामा भएको आगलागीमा १ सय १७ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढि घाइते भएका थिए ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















