११ फागुन, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले जनताले विश्वास गरेर दुई तिहाई बहुमत दिएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेस थाहा नगर कार्यसमितिको आयोजनामा शनिबार थाहानगरस्थित टिस्टुङ वनस्पती उद्यानमा भएको वनभोज तथा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै शर्माल् सरकारले जनताको विश्वास जितेर काम गर्न नसकेको बताए । उनले ओली सरकार सबैतिर असफल भएको भन्दै कांग्रेसले सरकारको गलत कामको सशक्त विरोध गरिरहेको बताए । अबको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी हुने र देशले गति लिने उनले विश्वास व्यक्त गरे ।
कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीना, नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष अध्यक्ष हुमानाथ कोइराला, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा ,काँग्रेस नेता प्रमोद गुरागाईं ,पार्टी जिल्ला सदस्य कृष्णभक्त श्रेष्ठ, महाधिवेशन प्रतिनिधि पवित्रा महत विष्ट, पार्टी २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा , नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली , महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, पार्टी थाहानगर वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङ, नेपाल विद्यार्थी संघ बज्रबाराही क्याम्पस उपाध्यक्ष अपेक्षा सुबेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गायिका शुष्मा कार्की, निशा लामा, सुनिल थापा, दिपराज खत्रीलगायतले गीतमार्फत मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । जिल्ला प्रतिनिधि तथा महासमिति सदस्य दिनेश उपाध्यायको विशेष संयोजकत्वमा वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रम भएको थियो ।
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















