२९ कार्तिक, हेटौंडा । हेटौंडामा यही मङ्सिर २ गतेदेखि १३ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको हेटौंडा गट ट्यालेन्टमा ४७ जना सहभाागी हुने भएका छन् । प्रतिष्पर्धामा गायनतर्फ ३० र नृत्य तर्फ १७ जनाले सहभागिता जनाउने भएका हुन् ।
कार्यक्रम संयोजक विशाल घोषका अनुसार नामावली दर्ता गराउने अन्तिम दिन सोमबार सम्ममा गायन र नृत्य गरी ४१ जनाले सहभागिताको लागि नाम टिपाएका हुन् । नाम दर्ता गराएका मध्ये गायन तर्फको पहिलो चरणको छनौट कार्तिक ३० गते मङ्गलबार र नृत्य तर्फको छनौट मंसिर १ गते बुधबार हुनेछ ।
‘हामीले पेण्टिङको पनि प्रतिस्पर्धा गराउने भनेका थियौं, २ जनाले मात्र नाम दर्ता गराएका छन्’, संयोजक घोषले भने, ‘उनीहरु २ जनालाई कुनै एउटा बिषयमा चित्र बनाउन दिनेछौं र उनीहरुको चित्र प्रतिष्ठानमा राख्नेछौँ ।’ पहिलो चरणको छनौटबाट गायन तर्फ १५ र नृत्य तर्फ १० जनाको छानिने छन् ।
त्यसपश्चात दुवै विधाका प्रतियोगीलाई ६० प्रतिशत निर्णायकको निर्णयको आधारमा, बाँकी ४० प्रतिशतमा फेसबुक लाइक र टिकट भोटिङको आधारमा छनौट गरिने बताइएको छ । दुवै विधाको छनौट एक/एक दिन बिराएर गरिने आयोजकको तयारी रहेको छ । गायन र नृत्य दुवै बिधाको उत्कृष्ट एक/एक जना मध्ये पनि सर्वोत्कृष्ट हुन सफल एकजनालाई हेटौंडा गट ट्यालेन्टको उपाधी दिइने संयोजक घोषले जानकारी दिए ।
ट्यालेन्टले नगद ३० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने इक्ल्याट एजुकेसन लिंक्सले आइएल्ट्स कोर्षमा ५० प्रतिशत छुट दिनेछ । ‘आफूसंग भएको कलालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नेले हेटौंडा गट ट्यालेन्ट जित्नेछ’, संयोजक विशाल घोषले भने, ‘यो गायन वा नृत्य जुनसुकै क्षेत्रको प्रतिभा पनि हुन सक्छ ।’
८ जेठ, हेटौंडा। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...
८ जेठ, हेटौंडा । थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...
८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...
८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...
७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...
७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...
६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार ११ जना ...
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
३१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–११ मा अरिंगालको आक्रमणबाट आठ जना घाइते भएका छन्। हेटौंडा ११ सहिद...