Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरका २ सय पुर्ननिर्माण प्राविधिक आन्दोलनमा

NRA-1550998867.jpg

१२ फागुन, हेटौँडा । भुकम्प पछिको पुर्ननिर्माणमा खटिएका मकवानपुरका प्राविधिकहरु आन्दोलित भएका छन् । 
आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख सुदिप आर्चायलाई ज्ञापनपत्र बुझाएका छन् । 
उनीहरुले पुर्ननिर्माणसम्बन्धी कार्यलाई प्रभावकारी र पारदर्शी बनाई तत्काल दु्रत गतिमा अघि बढाउन माग गरेका छन् । यसका लागि गाउँ तहसम्म खटिएका प्राविधिकहरुको सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ । प्राविधिकलाई दिंदै आएको भौगोलिक, प्रोत्साहन, यातायात साथै सञ्चार भत्ता मासिक रुपमा उपलव्ध गराउनुपर्ने, प्राविधिकहरुको दुर्घटना, स्वास्थ्य तथा जीवन विमा गरिनुपर्ने, प्राविधिकका लागि तालिमको व्यवस्था हुनुपर्ने र सञ्चयकोषको लागि पहल गरिनुपर्ने माग उनीहरुको छ । 
आफ्ना माग पुरा नभएसम्म सोमबारदेखि पुर्ननिर्माणको काममा नखटिने उनीहरुको चेतावनी छ । आफ्नो मागबारे आन्दोलनरत इन्जिनियरहरुले केन्द्रीय आयोजना कार्यान्वयन इकाई बबरमहल, पुर्ननिर्माण प्राधिकरण काठमाडौं, जिल्ला प्रशासन कार्यालय मकवानपुर र मकवानपुरका सबै स्थानीय तहलाई अवगत गराएको आन्दोलनका संयोजक इन्जिनियर परवेज खानले बताए । मकवानपुरमा इन्जिनियर, सव–इन्जिनियर र असिष्टेन्ट सव–इन्जिनियर गरी २ सय प्राविधिक कार्यरत छन् ।

CDO-1550998867.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg