Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेल्टाको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

nelta-1551104175.jpg

सम्मेलनको बारेमा जानकारी गराउदै कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाई

१३ फागुन,हेटौँडा । नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसियसन (नेल्टा)को यही फागुन १८ र १९ गते प्रदेश नम्बर ३को राजधानि हेटौँडामा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी लगभग पुरा भएको जनाईएको छ । 
नेल्टा तीन नंम्बर प्रदेश समितिले सोमबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस बारे जानकारी दिएको हो । 
पत्रकार भेटघाटमा बोल्दै नेल्टा प्रदेश ३ का अध्यक्ष तथा कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाईले देशभरका ५५ जिल्लाका अंग्रेजी बिषय अध्यापन गराउने शिक्षकहरुलाई जम्मा गरेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले नेल्टा  केन्द्रीय कार्यलयले  प्रत्येक वर्ष काठमाडौंमा अंग्रेजी भाषा शिक्षकहरुको ३ दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको यस बर्ष २ दिनका मकवानपुरको हेटौँडा आयोजना गर्न लागिएको बताए।
अध्यक्ष हुमागाईले सम्मेलनमा १० भन्दा बढी राष्ट्रका विभिन्न तहमा अध्यापन गर्ने शिक्षक, प्राध्यापक, प्रशिक्षक, लेखक, पाठ्यक्रम निर्माता तथा अंग्रेजी भाषा विशेषज्ञहरुको उपस्थितिमा कार्यक्रम लागिएको बताउदै तयारी लगभग अन्तिम चरणमा पुगेको बताए ।
पत्रकार भेटघाटमा अध्यक्ष हुमागाईले हेटौँडा १० मा रहेको सोलिड्यारिटी इन्टरनेश्नल एकेडेमीको हलमा हुन गने कार्यक्रममा ७ प्रदेशका करीव ५५ जिल्लाका विभिन्न भागबाट प्राथमिक देखि विश्वविद्यालय तहमा अध्यापन गर्ने शिक्षक तथा प्राध्यापक, अंग्रेजी भाषा विशेषज्ञ, प्रशिक्षक, लेखक, पाठ्यक्रम निर्माता र अंग्रेजी अध्ययन गर्ने विद्यार्थीहरु करीब ७ सय देखि १ हजार सम्मको सहभागिता रहने बताए। 
त्यसैगरी नेल्टाका प्रदेश ३का महासचिव किसोर पराजुलीले अंग्रेजी भाषा अध्यापन गराउने र शिक्षणको गुणस्तरमा बृद्धि गर्न कार्यक्रमको उद्देश्य रहेकाले सम्मेलनको आयोजना गरीएको बताए। 
सम्मेलनमा राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय तहका अंग्रेजी भाषा विशेषज्ञहरुद्वारा भाषा शिक्षण सम्बन्धी १ सय ७५ भन्दा बढी विशेषज्ञहरुबाट कार्यपत्र तथा कार्यशाला प्रस्तुतिकरण रहने नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईले बताए।
कार्यक्रमको उदघाटन प्रदेश नम्बर ३का मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने कार्यक्रम संयोजक हुमागाईले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार