सम्मेलनको बारेमा जानकारी गराउदै कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाई
१३ फागुन,हेटौँडा । नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसियसन (नेल्टा)को यही फागुन १८ र १९ गते प्रदेश नम्बर ३को राजधानि हेटौँडामा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी लगभग पुरा भएको जनाईएको छ ।
नेल्टा तीन नंम्बर प्रदेश समितिले सोमबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस बारे जानकारी दिएको हो ।
पत्रकार भेटघाटमा बोल्दै नेल्टा प्रदेश ३ का अध्यक्ष तथा कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाईले देशभरका ५५ जिल्लाका अंग्रेजी बिषय अध्यापन गराउने शिक्षकहरुलाई जम्मा गरेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले नेल्टा केन्द्रीय कार्यलयले प्रत्येक वर्ष काठमाडौंमा अंग्रेजी भाषा शिक्षकहरुको ३ दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको यस बर्ष २ दिनका मकवानपुरको हेटौँडा आयोजना गर्न लागिएको बताए।
अध्यक्ष हुमागाईले सम्मेलनमा १० भन्दा बढी राष्ट्रका विभिन्न तहमा अध्यापन गर्ने शिक्षक, प्राध्यापक, प्रशिक्षक, लेखक, पाठ्यक्रम निर्माता तथा अंग्रेजी भाषा विशेषज्ञहरुको उपस्थितिमा कार्यक्रम लागिएको बताउदै तयारी लगभग अन्तिम चरणमा पुगेको बताए ।
पत्रकार भेटघाटमा अध्यक्ष हुमागाईले हेटौँडा १० मा रहेको सोलिड्यारिटी इन्टरनेश्नल एकेडेमीको हलमा हुन गने कार्यक्रममा ७ प्रदेशका करीव ५५ जिल्लाका विभिन्न भागबाट प्राथमिक देखि विश्वविद्यालय तहमा अध्यापन गर्ने शिक्षक तथा प्राध्यापक, अंग्रेजी भाषा विशेषज्ञ, प्रशिक्षक, लेखक, पाठ्यक्रम निर्माता र अंग्रेजी अध्ययन गर्ने विद्यार्थीहरु करीब ७ सय देखि १ हजार सम्मको सहभागिता रहने बताए।
त्यसैगरी नेल्टाका प्रदेश ३का महासचिव किसोर पराजुलीले अंग्रेजी भाषा अध्यापन गराउने र शिक्षणको गुणस्तरमा बृद्धि गर्न कार्यक्रमको उद्देश्य रहेकाले सम्मेलनको आयोजना गरीएको बताए।
सम्मेलनमा राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय तहका अंग्रेजी भाषा विशेषज्ञहरुद्वारा भाषा शिक्षण सम्बन्धी १ सय ७५ भन्दा बढी विशेषज्ञहरुबाट कार्यपत्र तथा कार्यशाला प्रस्तुतिकरण रहने नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईले बताए।
कार्यक्रमको उदघाटन प्रदेश नम्बर ३का मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने कार्यक्रम संयोजक हुमागाईले बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)