१३ फागुन, हेटौँडा । मानव सेवा आश्रममा सोमबारबाट शुरु भएको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानमा पहिलो दिनै १७ लाख रुपैँया सहयोग जुटेको छ ।
मानवता प्रवद्र्धन एवम् मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्ने उद्धेश्यले शुरु भएको अनुष्ठानमा पहिलो दिन नै १७ लाख रुपैँया सहयोग जुटेको हो । पहिलो दिन हेटौँडा स्कुल अफ म्यानेजमेन्टका पुरणबहादुर जोशीबाट १० लाख, पञ्चसिद्धी फाउण्डेशनका सिद्धिलाल श्रेष्ठबाट १ लाख, मह सञ्चार काठमाडौंबाट १ लाख, धु्रवराज भट्टराई ५५ हजार ५ सय ५५, डा.कपिल देव उपाध्यायबाट ५१ हजार, मदन कृष्ण श्रेष्ठबाट ५०,०००, नेपाली पाठशाला ईपिलेट, अष्ट्रेलिया, हरिवंश आचार्य – ५० हजार रुपैँयासहित अन्य महानुभावबाट सहयोग प्राप्त भएको जनाईएको छ ।
कार्यक्रम प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं अनुष्ठानका संयोजक पुरणबहादुर जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रतिनीधिसभा सदस्य विरोध खतिवडा, प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सभा सदस्य माननीय मुनु सिग्देल, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मानवसेवा आश्रमका प्रमुख संरक्षक डा.गोविन्द टण्डन, मानवसेवा आश्रमका सद्भावनादुत मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महत, महायज्ञका प्रमुख वाचक चैतन्यकृष्ण महाराजजी लगायतको उपस्थिति रहेको थियो ।
अनुष्ठान फागुन २० गतेसम्म हेटौँडा–९ लामसुरेधापमा हुनेछ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















