१ मंसिर, हेटौँडा । मकवानपुरमा पछिल्लो पटक ६८ जना डेंगुका विरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी कार्यालयले हेटौँडा अस्पतालमा भएको परिक्षणमा ३० र नीजि स्वास्थ्य संस्थामा भएको परिक्षणमा ३८ जनामा डेंगु फेला परेको जनाएको हो ।
कार्यालयले डेंगुका कारण मकवानपुरमा कसैको पनि मृत्यु नभएको समेत पुष्टि गरेको छ । डेंगु फेला परेका सबैको अवस्था सामान्य रहेको र धेरैजसो उपचारपछि फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले बताए । ‘अहिले सबै विरामी डेंगुको आशंकामा हेटौँडा अस्पतालमा जाँचका लागि आउने गर्नु भएको छ ।’–उनले भने–‘हामीले उहाँहरुको आंशका निवारण गरेर पठाउने गरेका छौं ।’
पाठकले शंका लागे रगत परिक्षण गर्न सुझाव दिंदै रगत परिक्षणमा प्लेटलेटको १ लाख ५० हजार काउन्ट र डव्ल्युविसी ४ हजार काउन्ट भन्दा कम पाईए डेंगुको परिक्षण गर्न सुझाव दिएका छन् । डेंगु परिक्षण गर्ने किटको अभाव रहेको भन्दै सबैलाई परिक्षण गर्न सम्भव नभएकाले रगत परिक्षणपछि मात्रै डेंगु परिक्षण गरिएको उनको भनाई छ । अहिले अस्पतालमा ७४ वटा डेंगु परिक्षण किट रहेको उनले जानकारी दिए ।
‘धेरै जना मलाई डेंगु भयो कि भनेर आत्तिने गर्नुहुन्छ, यसमा आत्तिनु पर्ने अवस्था छैन, सामान्य सावधानीबाट डेंगु ज्वरो निको हुन्छ ।’–पत्रकार सम्मेलनमा पाठकले भने । उनले डेंगु ७ दिनमा निको हुने भएकाले आत्तिनु नपर्नेमा जोड दिंदै सावधानी भने अपनाउन आग्रह गरे ।
मकवानपुरमा डेंगुले महामारीको रुप नलिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताए । उनले आप्mनो आसपासमा पानी जम्न नदिने, लामखुट्टे मार्ने जस्ता काम गर्न आग्रह गर्दै यसका लागि स्वास्थ्य कार्यालयले समेत विभिन्न निकायको समन्वयमा काम थाल्ने बताए । नेपालमा २०६२ सालबाट डेंगुका विरामी फेला परेको र २०६५ सालदेखि मकवानपुरमा डेंगु देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालमा चितवन, झापा र कैलालीमा बढि प्रभाव रहेको डेंगु मकवानपुरमा शुरुमा २०७० सालमा मनहरी र त्यसपछि फापरवारी, हेटौँडा बजार लगायतका क्षेत्रमा देखा परेको कार्यालयले जनाएको छ ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















