Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

यस्तो छ महाशिवरात्रीको महिमा

ShivaRatri-1551673191.jpg

२० फागुन, हेटौँडा । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । 
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । 
यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । 
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । 
अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।
फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्री पर्व मनाईन्छ । मानिन्छ, सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्री कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । 
प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत् तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। 
साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दाता मानिन्छन् ।

स्रोत : विकिपिडिया


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg