२० फागुन, हेटौँडा । हेटौँडा ७ न्यु चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष केदार प्रसाद मिश्रले समितिको प्रगति प्रतिवेदनका साथै आर्थिक बर्ष २०७४। २०७५को लोखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि ७ नम्बर वडाध्यक्ष थापाले मठ मन्दिरले हाम्रो धर्म र संस्कृतिको संवाहक भएको र मठ मन्दिरको संरक्षण गरिनु पर्ने बताउदै उक्त मन्दिरले ७ नम्बर वडाकै पहिचान भएकोले संरक्षण र प्रवद्र्धनमा ७ नम्बर वडा लागि पर्ने बताए ।
पशुपति मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष केदार प्रसाद मिश्रको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ७ का वडा सदस्य कृष्ण प्रसाद दाहाल ,५ नम्बर वडा सदस्य ज्ञानु थापा, न्युरोनि सामुदायीक बनका अध्यक्ष ज्ञान बहादुर क्षेत्रि, रुद्रेश्वर मन्दिर अग्राठेका अध्यक्ष लिला गौतम, रक्षा देवि मन्दिर हेटौँडा ६ का अध्यक्ष रमेश बानिया, सामुदायीक ७ नम्बर वडा प्रहरी संयोजक सुबोध रिमाल, संगालो टोल बिकास समितिका अध्यक्ष बेद प्रसाद भट्टराई लगायत पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
त्यसैगरी साधारण सभा मार्फत मन्दिर संरक्षण समितिलाई सहयोग पुयाएको भन्दै विभिन्न व्यक्तिहरु सहित ३ जना पत्रकारलाई सम्मान गरेको छ । मन्दिर संरक्षण समितिले पत्रकार तथा प्रस्ट खबरकर्मी सुनिल शिवाकोटि, भिमसेन पौडेल सहित पत्रकार पुष्प राज अधिकारीलाई दोसल्ला ओधाएर सम्मान गरेको थियो ।
साथै मन्दिर परिसरमा ७ नम्बर वाडा समिति तथा अन्य संघ संस्थाको २ लाख ३७ हजारको लागतमो वन भोजका लागि निर्माण गरिएको सेड तथा १ जोडि मयुर सतम्भको उदघाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ७ नम्बर वडाअध्यक्ष राजन थापा तथा अन्य अतिथिहरुले संयुक्त रुपमा सेड तथा मयुर सतम्भको उदघाटन गरेका हुन । हेटौँडा बजारबाट ४ किलोमिटरको दुरिमा रहेको उक्त स्थान अन्तिरक तथा बाहिय पर्यटक तथा चलचित्र छायँकनका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















