Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले म्याच खेल्ने

Cricket-1551703021.jpg

२० फागुन, हेटौँडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हेटौँडामा टि–२० क्रिकेट खेल्ने भएको छन् ।
हुप्रचौर खेल मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको पारस खड्का ११ र एमसिसी ११ बीच फागुन २५ गते मैत्रीपूर्ण प्रतियोगिता हुने भएको हो । ब्लड क्यान्सरबाट प्रभावित मकवानपुरे क्रिकेट खेलाडि निरज श्रेष्ठको उपचारमा सहयोग जुटाउने उद्धेश्यले राष्ट्रिय क्रिकेट टोली र एमसिसी ११ बीच प्रतियोगिता हुन लागेको सोमबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । 
प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित मेहबुब आलम, आरिफ शेख, आसिफ शेख, अमित श्रेष्ठ, सन्दिप जोरा, अनिल शाह, अनिलकुमार मण्डल, सोमपाल कामी, रामनरेश गिरी, दिपेन्द्रसिंह ऐरी, शशी केशरी र राजु खड्का छन् । एमसिसी ११ मा मकवानपुरका क्रिकेटरसहित सिजन्स व्याडका सुजिल कर्माचार्य, बड्स व्याडका बिजय कार्की, गायक कमल के क्षेत्री, गायिका विद्या तिवारी, फुटबलका राष्ट्रिय खेलाडि अञ्जन विष्ट र रञ्जन विष्टले खेल्ने छन् । क्रिकेट टोलीलाई हेटौँडा उपमहानगरपालिकाले सम्मान गर्दै हेटौंडा बजार परिक्रमा गराउने समेत कार्यक्रम रहेको छ ।
हेटौँडा क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट संघ, मदन भण्डारी स्पोर्टस एकेडेमीको र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक अनुप सिनोरियाले जनाएका छन् । मकवानपुरको क्रिकेट क्षेत्रको उत्थानमा लागेका श्रेष्ठको उपचारमा ५० लाख रुपैँया भन्दा बढि खर्च भईसकेको जनाईएको छ । राजिब गान्धी अस्पताल दिल्लीमा उपचाररत उनको उपचारमा अझै ५० लाखको हाराहारीमा खर्च लाग्ने बताउँदै आयोजकले मैत्रिपूर्ण प्रतियोगिताबाट २० लाख रुपैंया संकलन गर्ने लक्ष्य राखेको छ । उनी हाल मकवानपुर क्रिकेट संघका कोषाध्यक्ष रहेका छन् । 
टिकट खरिद गरी राष्ट्रिय टोलीको खेल हेर्ने अवसरसंगै क्रिकेट खेलाडिको उपचारमा सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रचारप्रसार संयोजक सानु लामा, सहसंयोजक निरजसिंह ठकुरी, प्रेम क्षेत्री, राष्ट्रिय एम्पायर विनोद बानियाँ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

थप समाचार