Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस संस्थापक नेता भट्टराईको स्मृतिमा अन्तरक्रिया

8-1551705729.jpg

२० फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आठौं स्मृति दिवसमा सोमबार पार्टी कार्यालय हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता भएको कार्यक्रममा वक्ताहरुले उनको देश र जनताप्रतिको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सचिव आनन्द कठायत, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सूर्यबहादुर रुम्बा, सुनिल दाहाल, ईश्वरलाल श्रेष्ठ, सल्लाहकार प्रभात दाहाललगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । वि.सं. १९८१ मा जन्मिएका किसुनजीले राणाशाही र पञ्चायत विरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । झण्डै २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत भएका थिए ।
२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखिनै नेपालको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान देशलाई दिनुभएको थियो र दोस्रो पटक २०५६ सालको आम निर्वाचनपछि प्रधानमन्त्री भएका थिए ।
२०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत हुन् । सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार