Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपालमा लुटतन्त्र मौलायोः कमल थापा

53761064_981661072224096_-1551789592.jpg

फोटोः सुनिल शिवाकोटी

२१ फागुन,हेटोँडा ।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्र भनई लुटतन्त्र मौलाएको बताएका छन ।
राप्रपाले फागुन १४ गते पुर्व नेपालको ताप्लेजुङ्काट सुरु गरेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्र्तगत आयोजित सभाको मंगलबार हेटौँडामा सम्बोधन गर्दै अध्यक्ष थापाले ठुला पार्टीका नेता र दुई तिहाई सरकारका बहालवाला मन्त्रीहरुले राज्य सत्तामा कब्जा गरी लुटतन्त्र मच्चाई रहेको आरोप लगाएका हुन । 
पुर्व उपप्रधानमन्त्री रहेका थापाले नयाँ नेपाल बनाउने नाममा राष्ट्र र राष्ट्रिय एकताका रुपमा रहेका राजालाई पाखा लगाई जातियताको आधारमा नेपाललाई विभाजन गरी, जन्ताको त्याग र बलिदानले प्राप्त गरेको एकतालाई टुक्राउने प्रयास भइरहेको बताए । 
फरक प्रशंगमा थापाले प्रधानमन्त्री ओलिलाई उखान टेक्काले मात्र देश नचल्ने भन्दै मधेसमा देश टुक्राउने नारा र भाषण भईरहदा ओलि सरकार चुप लागेर बसेको आरोप लगाए ।
 उनले दुई तिहाईको सरकारले भष्ट्रचारलाई संरक्षण गरेका भन्दै बर्तमान ओलि सरकार काण्डै काण्डको सरकार भएको बताए । थापाले यस यात्रामा नेपाललाई सनातन हिन्दुराज्य बनाउन ठुलो जनसमर्थन पाएको भन्दै अध्यक्ष थापाले आफुहरुले सनातन हिन्दु राज्यको स्थापनाको लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै राप्रपाका नेता तथा झापाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र लिङ्देलले थापाको बचाउ गर्दै यस्ता ब्यक्तिलाई चुनावमा जन्ताले चिन्न नसकेको बताउदै घुमाउरो पारामा अब अध्यक्ष थापा झापाबाट चुनावमा लडने र आफुले जिताएर पठाउने बताए । 
कार्यक्रममा राप्रपा नेता तथा पुर्व गृह मन्त्री बुद्धिमान तामाङ्ग, राप्रपा केन्द्रिय  सदस्य दिपक सिंह, राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । फागुन १४ गतेबाट सुरु भएको राप्रपाको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा देशको विभिन्न जिल्ला परिक्रमा गरी फागुन ३० गते काठमाडौमा आमसभा आयोजना गर्दै समापन हुन छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार