Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेपालमा लुटतन्त्र मौलायोः कमल थापा

53761064_981661072224096_-1551789592.jpg

फोटोः सुनिल शिवाकोटी

२१ फागुन,हेटोँडा ।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्र भनई लुटतन्त्र मौलाएको बताएका छन ।
राप्रपाले फागुन १४ गते पुर्व नेपालको ताप्लेजुङ्काट सुरु गरेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्र्तगत आयोजित सभाको मंगलबार हेटौँडामा सम्बोधन गर्दै अध्यक्ष थापाले ठुला पार्टीका नेता र दुई तिहाई सरकारका बहालवाला मन्त्रीहरुले राज्य सत्तामा कब्जा गरी लुटतन्त्र मच्चाई रहेको आरोप लगाएका हुन । 
पुर्व उपप्रधानमन्त्री रहेका थापाले नयाँ नेपाल बनाउने नाममा राष्ट्र र राष्ट्रिय एकताका रुपमा रहेका राजालाई पाखा लगाई जातियताको आधारमा नेपाललाई विभाजन गरी, जन्ताको त्याग र बलिदानले प्राप्त गरेको एकतालाई टुक्राउने प्रयास भइरहेको बताए । 
फरक प्रशंगमा थापाले प्रधानमन्त्री ओलिलाई उखान टेक्काले मात्र देश नचल्ने भन्दै मधेसमा देश टुक्राउने नारा र भाषण भईरहदा ओलि सरकार चुप लागेर बसेको आरोप लगाए ।
 उनले दुई तिहाईको सरकारले भष्ट्रचारलाई संरक्षण गरेका भन्दै बर्तमान ओलि सरकार काण्डै काण्डको सरकार भएको बताए । थापाले यस यात्रामा नेपाललाई सनातन हिन्दुराज्य बनाउन ठुलो जनसमर्थन पाएको भन्दै अध्यक्ष थापाले आफुहरुले सनातन हिन्दु राज्यको स्थापनाको लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै राप्रपाका नेता तथा झापाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र लिङ्देलले थापाको बचाउ गर्दै यस्ता ब्यक्तिलाई चुनावमा जन्ताले चिन्न नसकेको बताउदै घुमाउरो पारामा अब अध्यक्ष थापा झापाबाट चुनावमा लडने र आफुले जिताएर पठाउने बताए । 
कार्यक्रममा राप्रपा नेता तथा पुर्व गृह मन्त्री बुद्धिमान तामाङ्ग, राप्रपा केन्द्रिय  सदस्य दिपक सिंह, राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । फागुन १४ गतेबाट सुरु भएको राप्रपाको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा देशको विभिन्न जिल्ला परिक्रमा गरी फागुन ३० गते काठमाडौमा आमसभा आयोजना गर्दै समापन हुन छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार