२१ फागुन, हेटौँडा । मकवानपुरमा सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा वन डढेलो दुर्घटनामा विमाको तयारी थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ,केन्द्रीय समितिको सहयोगमा हेटौडामा मंगलवार एक दिने वनडढेलो व्यवस्थापन तथा ईन्स्योरेन्स सम्वन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी यस्तो तयारी थालिएको हो ।
कार्यक्रममा हरियो वन कार्यक्रमका टीम लिडर सुवास देवकोटा, लुम्विनी जनरल ईन्स्योरेन्स हेटौडा शाखा प्रमुख हरीकुमार शर्मा, सुन्दर सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार बुद्धिप्रसाद पौडेल,केदारप्रसाद वर्तौलाले सहजीकरण गरेका थिए ।
पछिल्लो समय वनमा डढेलो लाग्दा निभाउन जाने उपभोक्ताहरुको समेत वीमा गर्ने व्यवस्था भएको सो अवसरमा जानकारी गराइएको थियो । हाल कास्की, गोरखा, लमजुङ लगायत ११ जिल्लामा रहेका सामुदायिक वनहरुले लुम्बिनी इन्स्योरेन्समार्फत उपभोक्ताको सामुहिक विमाको काम शुरु गरिरसकेका छन् । मकवानपुर जिल्लामा रहेका सामुदायिक वनहरुले पनि वीमा गर्ने ईच्छा देखाएको चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहालले बताए । वन डढेलो नियन्त्रणमा खटिने उपभोक्तासंगै वन पैदावर संकलनमा खटिएका पदाधिकारी, कर्मचारी र संकलनकर्ताको पनि वीमा गर्नु पर्ने दहालको भनाई थियो ।
सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, ३ नम्बर प्रदेशका सदस्य रामहरी चौलागाई, महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न सामुदायिक वन समूहका अध्यक्ष एवम संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...















-1778822654.png)


