Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा बन डढेलो दुर्घटना विमाको तयारी

Fecofun1-1551791124.jpg

२१ फागुन, हेटौँडा । मकवानपुरमा सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा वन डढेलो दुर्घटनामा विमाको तयारी थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ,केन्द्रीय समितिको सहयोगमा हेटौडामा मंगलवार एक दिने वनडढेलो व्यवस्थापन तथा ईन्स्योरेन्स सम्वन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी यस्तो तयारी थालिएको हो ।
कार्यक्रममा हरियो वन कार्यक्रमका टीम लिडर सुवास देवकोटा, लुम्विनी जनरल ईन्स्योरेन्स हेटौडा शाखा प्रमुख हरीकुमार शर्मा, सुन्दर सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार बुद्धिप्रसाद पौडेल,केदारप्रसाद वर्तौलाले सहजीकरण गरेका थिए । 
पछिल्लो समय वनमा डढेलो लाग्दा निभाउन जाने उपभोक्ताहरुको समेत वीमा गर्ने व्यवस्था भएको सो अवसरमा जानकारी गराइएको थियो । हाल कास्की, गोरखा, लमजुङ लगायत ११ जिल्लामा रहेका सामुदायिक वनहरुले लुम्बिनी इन्स्योरेन्समार्फत उपभोक्ताको सामुहिक विमाको काम शुरु गरिरसकेका छन् । मकवानपुर जिल्लामा रहेका सामुदायिक वनहरुले पनि वीमा गर्ने ईच्छा देखाएको चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहालले बताए । वन डढेलो नियन्त्रणमा खटिने उपभोक्तासंगै वन पैदावर संकलनमा खटिएका पदाधिकारी, कर्मचारी र संकलनकर्ताको पनि वीमा गर्नु पर्ने दहालको भनाई थियो । 
सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, ३ नम्बर प्रदेशका सदस्य रामहरी चौलागाई, महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न सामुदायिक वन समूहका अध्यक्ष एवम संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार