२२ फागुन, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि भएको छ ।
उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको प्रमाणित भएको हो। ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको रहेको पुष्टि गरेको रोल्पा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष खत्रीसँग दुईवटा नागरिकता रहेको भन्दै स्थानीय हरिबहादुर पुनले २०७४ माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। उनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी २०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएकोे थियो।
त्यसपछि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको भएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो। ‘विधि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको हो भनेर जवाफ दिएको छ। मन्त्रालयमा कुरो गरेको, उताबाट सबै कागजात यतै पठाउनू भनेर लिखित रूपमा माग भएकाले सबै फाइल मन्त्रालयमा पठाएका छौं।’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने, ‘यससम्बन्धी सबै कारबाही अब उतैबाट हुनेछ।’
उता उजुरीकर्ता हरिबहादुर पुनले भने प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार प्रयोग नगरेकाले थप कानुनी प्रक्रियाका लागि अदालत जाने चेतावनी दिएका छन् । नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाण पत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुटा विवरण दिई दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिला लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्नु पर्नेछ ।
उता सोही ऐन, नियमावली र कार्यविधिमा ‘कसैले झुटो विवरणका आधारमा नागरिकता बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने,’ व्यवस्था छ।
उजुरीकर्ता पुनले पेस गरेको उजुरीमा वडाध्यग्क्ष खत्रीका बुबा पठु खत्रीका पाँच भाइ छोरा छन्। भिउदे, धनीराम, वीरबहादुर, मोतीराम र डण्डपानी। वीरबहादुर (साइँला) को २०४० सालमा मृत्यु भएपछि भिउदे हालका वीरबहादुरले तत्कालीन पाखापानी गाउँ पञ्चायतमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाइको नामबाट नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयको रेकर्डअनुसार पनि दुई नाममा दुईवटा नागरिकता लिएको देखिन्छ। उनले भिउदे खत्रीको नामबाट २०४२ मंसिर १० गते, ३८९२ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरेका छन्। जसमा जन्ममिति २०४४ साउन १४ गते उल्लेख गरिएको छ। हालका वीरबहादुर अर्थात् भिउदेले मृत्यु भएका साइँला भाइ वीरबहादुरको नामबाट २०४६ वैशाख १५ गते जन्ममिति २०२७ भदौ १ राखेर १८६ नम्बरको नागरिकता टोलीमार्फत लिएका हुन् ।
साभार : नागरिक न्यूज
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















