Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गाउँपालिका अध्यक्षको दुईटा नाममा नागरिकता 

Citizenship-1551877736.jpg

२२ फागुन, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि भएको छ । 
उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको प्रमाणित भएको हो। ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको रहेको पुष्टि गरेको रोल्पा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष खत्रीसँग दुईवटा नागरिकता रहेको भन्दै स्थानीय हरिबहादुर पुनले २०७४ माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। उनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी २०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएकोे थियो।
त्यसपछि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको भएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो। ‘विधि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको हो भनेर जवाफ दिएको छ। मन्त्रालयमा कुरो गरेको, उताबाट सबै कागजात यतै पठाउनू भनेर लिखित रूपमा माग भएकाले सबै फाइल मन्त्रालयमा पठाएका छौं।’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने, ‘यससम्बन्धी सबै कारबाही अब उतैबाट हुनेछ।’ 
उता उजुरीकर्ता हरिबहादुर पुनले भने प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार प्रयोग नगरेकाले थप कानुनी प्रक्रियाका लागि अदालत जाने चेतावनी दिएका छन् । नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाण पत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुटा विवरण दिई दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिला लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्नु पर्नेछ । 
उता सोही ऐन, नियमावली र कार्यविधिमा ‘कसैले झुटो विवरणका आधारमा नागरिकता बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने,’ व्यवस्था छ।
उजुरीकर्ता पुनले पेस गरेको उजुरीमा वडाध्यग्क्ष खत्रीका बुबा पठु खत्रीका पाँच भाइ छोरा छन्। भिउदे, धनीराम, वीरबहादुर, मोतीराम र डण्डपानी। वीरबहादुर (साइँला) को २०४० सालमा मृत्यु भएपछि भिउदे हालका वीरबहादुरले तत्कालीन पाखापानी गाउँ पञ्चायतमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाइको नामबाट नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयको रेकर्डअनुसार पनि दुई नाममा दुईवटा नागरिकता लिएको देखिन्छ। उनले भिउदे खत्रीको नामबाट २०४२ मंसिर १० गते, ३८९२ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरेका छन्। जसमा जन्ममिति २०४४ साउन १४ गते उल्लेख गरिएको छ। हालका वीरबहादुर अर्थात् भिउदेले मृत्यु भएका साइँला भाइ वीरबहादुरको नामबाट २०४६ वैशाख १५ गते जन्ममिति २०२७ भदौ १ राखेर १८६ नम्बरको नागरिकता टोलीमार्फत लिएका हुन् ।
साभार : नागरिक न्यूज


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार