तस्विरः सुनिल शिवाकोटि
२४ फागुन, हेटौँडा । प्रदेश नम्बर ३का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजि) दिपक कुमार थापाले समाजमा हुने हत्या, अपराध तथा अपराधिक कार्य रोक्न समाजको भुमिका अहम रहने भन्दै जनता र प्रहरी एक अर्काका परिपुरक भएको बताएका छन । हेटौँडा ६ चौघडामा रहको प्रहरी चौकको नव निर्मत कार्यलय, ब्यारेक,मेश तथा चौलालय सहितको १० कोठे भवनको उदघाटना कार्यक्रमलाई सम्बोधनका क्रममा यसो बताएका हुन ।
नायव महानिरीक्षक थापाले प्रहरी जवान तथा अधिकृतहरुलाई जनताको सेवामा कन्जुस्याई नर्गन निर्देशन दिदै प्रहरीहरुलाई जनअपेक्षीत हुनु अनुरोध गरेका छन ।
उनले हालै सार्वजनिक भएको भष्ट्रचार सम्बन्धी तथ्याङ्कमा प्रहरी प्रशासनमा हुने ०.१ प्रतिशत भष्ट्रचारलाई ० प्रतिशतमा कायम गर्न मकवानपुरको हेटौँडा ६ चौघडा प्रहरी चौकिबाटनै सुरुवात भएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप बिष्टले प्रहरीहरुले जिर्ण भवनामा जोखिमपुर्ण तरिकाले दिन रात नभनि जनताको सेवा गरेको र चौघडा चौकिको निर्माण भएको नयाँ भवनले प्रहरीलाई सेवा दिन थप उर्जा प्रदान गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा हेटौँडा वडा नम्बर ६का वडाध्यक्ष अजुर्न प्रसाद चौलागाईले चौघडा चौकि २०६२।०७३ को दास्रो जनआन्दोलनमा क्षेति भई २०७२ को विनाशकारी मुकम्पमा परी जिर्ण भई प्रहरीले जिर्ण भवनबाट सेवा दिईरहेको अवस्थामा २०७४ जेठ महिनाबाट निर्माण सुरु भई शुक्रबार उदघाटित हुदा चौकिले दिने सेवामा परिवर्तन आउने बताए ।
कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै, प्रहरी चौकि चौघडाको सेवामा कमी नआउने बताए ।
उदघाटन कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपेन्द« जिसी, रातोमाटे गणका गणपती प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी, शसक्त प्रहरी १४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक श्याम कोइराला, पुरानो गोरख गण सुपारिटारका प्रमुख सेनानी अनिल कुमार बुढाथोकी,जिल्ला प्रशासन कार्यालय हेटौँडाका प्रमुख प्र्रशासकीय अधिकृत विनय श्रीवास्तब, प्रदेश ३का मुख्यमन्त्री कार्यालय उपसचिव बद्री पाठक, अनुसन्धान अधिकृत सरोज पराजुली,दंगा नियन्त्रण गण हेटौँडाका निम्ति प्रमुख प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंह, जिल्ला प्रहरी कार्यलय मकवानपुुरमा प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराई लगायत प्रहरी अधिकृत, पत्रकार, टोल विकासका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाका ईन्जिनर प्र्रहरी नायव उपरीक्षक अनिल राणले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको १ करोड १९ लाख ६२ हजार लागतमा श्री प्रेरक कन्ट्रकसन एण्ड प्रिफइब होम प्रा लिले निर्माण गरेको भवनमा कार्यालय, ब्यारेक, मेश तथा सौचालय गरी १० वटा कोणहरु रहेको छन ।
त्यसैगरी कार्यक्रममा चौकिको भवन निर्माणका सहयोग पुयाएको भन्दै ४ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
मकवानपुर प्रहरीले भवन निर्माणका लागी सस्तो मुल्यमा जग्गा उपलब्ध गराएको भन्दै हेटौँडा ६ चौघडाका नारायण गोपाल थापा, हेटौँडा वडा नम्बर ६ का वडाध्यक्ष अजुर्न प्रसाद चौलागाई, ठेकेदार पुण्य गौतम तथा प्रहरी जवान प्रभाकर तिम्लिसना लगायतका ४ जनालाई खादा र कदरपत्रले सम्मान गरेको हो ।
सस्तो मुल्यमा जग्गा उपलब्ध गराउने थापालाई सम्मानित गर्दै डिआईजि थापा तस्विरः सुनिल शिवाकोटि
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)