Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कांग्रेसको भिमफेदी र हेटौंडा ७ मा क्रियाशिल वितरण 

53390435_693530954378517_-1552127108.jpg

२५ फागुन, हेटौँडा ।भिमफेदी गाउँपालिका ३ र ४ तथा हेटौंडा उपमहानगरपालिका ७ नागश्वतीमा कांग्रेस मकवानपुरले शनिबार क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कांग्रेस भिमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठको सभाध्यक्षता भएको क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले दुई तिहाईको कम्युनिष्ट सरकारले सरकार गठनको एकवर्ष पूरा हुँदापनि केही गर्न नसक्दा जनताको आशामा निराशा छाएको बताउँदै सरकार अहिले भ्रष्टाचारी र बलत्कारीको पक्षपोषण गर्न मात्रै लागि परेको बताईन । क्रियाशिल वितरण तथा अगुवा भेला कार्यक्रममा मित्रबन्धु सिञ्जालीको संयोजकत्वमा ७ सदस्यीय नेपाल तरुण दल भिमफेदी गाउँपालिका तदर्थ समिति गठन गरिएको छ ।
 त्यसैगरी कांग्रेस हेटौँडा उपमहानगरपालिका ७ नम्बर वडाले पनि क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कांग्रेस  हेटौंडा ७ का वडा सभापति दामोदर गौतमको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला भएको हो ।
कार्यक्रममा  जिल्ला पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य भरत लामा, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, साविक भैसे सभापति नारायण थापा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला सचिव निलम देवकोटा, पूर्व क्षेत्रीय सचिव दीपक खड्का, नगर कोषाध्यक्ष कविन सांगामी, काठमाडौं मकवानपुर सम्पर्क समिति सभापति पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य ब्यक्त गरका थिए ।
भिमफेदी ३ र ४ को संयुक्त कार्यक्रममा  ६४ जना र हेटौंडा उपमहानगरपालिका ७ मा ५१ जनालाई क्रियाशिल सदस्यता वितरण गरिएको थियो । दुवै कार्यक्रममा नेकपासहित विभिन्न पार्टी परित्याग गरि ८३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

53661820_297392804264320_-1552127108.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार