Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गढिमा शनिबार २५ टिपर ट्राफिक प्रहरीको कारबाहिमा

IMG_20190309_203405-1552143014.jpg

२५ फागुन, हेटौँडा । हेटौँडाका मुख्य राजमार्गमा अन्य सवारी साधन सहित टिपरहरुले ढाला भन्दा माथी समान र ढुङ्गा बोक्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले त्यस्ता समान र ढुङ्गा बोक्ने टिपरहरुलाई कारबाही अभियान चलाएको छ । 
मकवानपुर ट्राफिक प्रहरीले विशेष अप्रेशनको रुपमा मकवानपुर जिल्लाका बिभिन्न स्थानबाट सवारी साधनको ( बिशेष गरी टिपर) ले ढाला भन्दा माथी लोड गरी ल्याउने सवारी साधन हरुलाई कारबाही गर्ने अभियान चलाएको हो । 
 सोहि क्रममा शुक्रबार मकवानपुर ट्राफिक प्रहरीले ढाला भन्दा माथी  ढुङ्गा बोक्न  ९ वटा टिपरहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको थियो ।
यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गढि गाउपालिका २ र्धमपानी स्थित कान्तिलोकपथमा शिवम सिमेन्टको ढुङ्गा बोकेको २५ टिपरलाई कारबाहि गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमूख प्रहरी निरीक्षक बिरेन्द्र कुमार ठाकुरले ढाला भन्दा माथी ढुङ्गा लोड गरी ल्याएको पाईएपछि जरीवाना गराई कारबाहि गरेको बताए । उनले हामीले सचेत गराए जारिवाना काटेका छौ, भोलि फेरी पुन ढाला भन्दा माथी लोड गरी ल्याएको पाइएमा यो भन्दा कडा कारबाहि गरिने प्रस्ट खबरलाई बताए । 
जिल्लाका विभिन्न संचारमाध्यमका टिपरले ढाला भन्दा माथी ढेङ्गा लोड गरी ल्याउने गरेको समाचार प्रकाशित, प्रशारण भएपछि ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यस्ता टिफरलाई कारबाहिका लागि सक्रियता देखाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार