Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

गढीमा शिक्षक संघको प्रथम स्थानीय प्रतिनिधि सभा

54070286_1173868759436737-1552146643.jpg

२५ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको प्रथम स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । 

मकवानपुर गढी शिक्षक संघ अध्यक्ष यादवराज बरालको सभाध्यक्षता भएको कार्यक्रम शिक्षक संघ प्रदेश नम्बर ३का उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
 कार्यक्रममा नेपाल शिक्षक संघका उपध्यक्ष गणेश हुमागाई, नेपाली कांग्रेस मकवानपुरका शिक्षा बिभाग प्रमुख कृष्णप्रसाद दहाल, कृषि, वन, सहकारी बिभाग प्रमुख अर्जुनप्रसाद दहाल, मकवानपुरगढी वडा नम्बर २ का वडाध्यक्ष बखान सि पाख्रीन, वडा नम्बर ८ का वडाध्यक्ष कुमार सि घिसिङ, नेपाल शिक्षक महासंघका सचीव राजु गौतम, नेपाल शिक्षक संघका सचिव अर्थ केशव देबकोटा, मकवानपुरगढी नेपाली काग्रेस संयोजक दोर्जे लामा स्याङ्तान, शारदा मा. बि. का शिक्षक भोगेन्द्र झा लगायतले मन्तब्य व्यक्त गरेका थिए।
 कार्यक्रममा बोल्दै प्रमुख  अतिथी खतिवडाले शिक्षकका पेशागत हक अधिकार जतिसुकै शक्तिशाली तागतले खोस्ने चेस्टा गरेपनि सफल नहुने बताए । कार्यक्रमा संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारीले शिक्षक मर्या्दित पेशा भएको र यस पेशालाई उपयुक्त नीति र प्रबिधि मैत्री बनाइ अघि बढ्न सके देशको बिकास सम्भब हुने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष गणेश हुमागाईले शिक्षकहरु हक र अधिकारका लागि पटक पटक सरकारसंग लड्नु पर्ने वातावरणको अन्त्य हुनुपर्ने बताएका छन । 
मकवानपुरगढिका ८० भन्दा बढी शिक्षकको उपस्तिथि रहेको कार्यक्रमको स्वागत सरस्वती अधिकारीले गर्नु भएको थियो भने सन्चालन राजु फुयालले गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार