२५ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको प्रथम स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
मकवानपुर गढी शिक्षक संघ अध्यक्ष यादवराज बरालको सभाध्यक्षता भएको कार्यक्रम शिक्षक संघ प्रदेश नम्बर ३का उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका उपध्यक्ष गणेश हुमागाई, नेपाली कांग्रेस मकवानपुरका शिक्षा बिभाग प्रमुख कृष्णप्रसाद दहाल, कृषि, वन, सहकारी बिभाग प्रमुख अर्जुनप्रसाद दहाल, मकवानपुरगढी वडा नम्बर २ का वडाध्यक्ष बखान सि पाख्रीन, वडा नम्बर ८ का वडाध्यक्ष कुमार सि घिसिङ, नेपाल शिक्षक महासंघका सचीव राजु गौतम, नेपाल शिक्षक संघका सचिव अर्थ केशव देबकोटा, मकवानपुरगढी नेपाली काग्रेस संयोजक दोर्जे लामा स्याङ्तान, शारदा मा. बि. का शिक्षक भोगेन्द्र झा लगायतले मन्तब्य व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खतिवडाले शिक्षकका पेशागत हक अधिकार जतिसुकै शक्तिशाली तागतले खोस्ने चेस्टा गरेपनि सफल नहुने बताए । कार्यक्रमा संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारीले शिक्षक मर्या्दित पेशा भएको र यस पेशालाई उपयुक्त नीति र प्रबिधि मैत्री बनाइ अघि बढ्न सके देशको बिकास सम्भब हुने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष गणेश हुमागाईले शिक्षकहरु हक र अधिकारका लागि पटक पटक सरकारसंग लड्नु पर्ने वातावरणको अन्त्य हुनुपर्ने बताएका छन ।
मकवानपुरगढिका ८० भन्दा बढी शिक्षकको उपस्तिथि रहेको कार्यक्रमको स्वागत सरस्वती अधिकारीले गर्नु भएको थियो भने सन्चालन राजु फुयालले गरेका थिए ।
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















