२७ फागुन,हेटौँडा ।नेपाल महिला संघ केन्द्रीय कार्यसमितिको आयोजनामा समान दायित्व र समान अवसर भन्ने मूल नाराका साथ ३ र ४ नम्बर प्रदेशका महिलाहरुलाई दुईदिने संयुक्त प्रशिक्षण सोमबारबाट हेटौंडामा सुरु भएको छ ।
प्रशिक्षणको सोमबार एक समारोहका विच नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले उदघाटन गरेकि छिन ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि डिनाले मुलुकको विकासमा महिलालाई समान अवसर र सहभागिता दिए पुरुषले भन्दा बढी काम गरेर देखाउन सक्ने बताएकि छिन ।
उनले कांग्रेसमा पञ्चायतदेखि राजा फाल्न र प्रजातन्त्र प्राप्तिका लागि अमूल्य योगदान गर्ने साहशी महिलाहरुले भरिएको भन्दै अहिले दुई तिहाईको कम्युनिष्ट सरकार समृद्ध नेपाल बनाउने नाममा मंहगीले जनतालाई आक्रान्त पार्दै भ्रष्टचारी, हत्यारा र बलत्कारीलाई बचाउन दिलोज्यान दिएर लागिपरेको बताइन ।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा महिला संघकी केन्द्रीय महासचिव धना खतिवडा, उपाध्यक्ष सरस्वती तिवारी, केन्द्रीय सदस्यहरु तारा अधिकारी, गोमा गुरुङ, काठमाडौ जिल्ला अध्यक्ष विष्णु पुडासैनी, गोर्खा जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य कुमारी गुरुङ, नुवाकोट अध्यक्ष एवं प्रदेशसभा सदस्य कल्पना नेपाली, प्रदेशसभा सदस्यहरु रजनी जोन्छे, विजया केसी, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठले मन्तव्य व्यक्त गरका थिए ।
भोली मंगलबार सम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश ३ र ४का करिब १०० जना महिला संघका प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















