२७ फागुन, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको नवौं स्थापना दिवसमा मनहरी गाउँपालिका–९ रजैयामा रहेको अग्नीहोत्राश्रममा सहयोग हस्तान्तरण गरिएको छ । आश्रमको लागि सोमबार १५ हजार रुपैयाँ बराबरको खानेपानी शुद्धिकरण गर्ने मेसिन र एउटा चौतारा निर्माणको लागि नगद १२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संयोजक विजय पौडेलको संयोजकत्व एवं बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अग्नीहोत्राश्रमका संरक्षक डा. सिताराम खनालको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि खनालले जेसीजको सहयोगले आश्रमको विकासमा केही राहत मिल्ने भन्दै सामाजिक गतिविधिलाई निरन्तरता दिन अनुरोध गरे । बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवालले स्थापनाको ८ बर्ष पूरा हुँदै गर्दा बस्तीपुर जेसीजको आतिथ्यतामा राष्ट्रियस्तरका कार्यक्रमहरु भैसकेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा जेसीजका सल्लाहकार हरिवंश भेटवाल, कार्यकारिणी उपाध्यक्ष विदुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । जेसीजका अध्यक्ष सुनिल अधिकारीले आफ्नो कार्यकालमा यस्ता सहयोगको कार्यक्रमले निरन्तरता पाउँदै जाने जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा बस्तीपुर जेसीजका निवर्तमान अध्यक्ष राममणी बर्तौला, पूर्व अध्यक्षद्वय पुस्कल न्यौपाने, विनोदकुमार बर्तौलालगायतको आतिथ्यता थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















