Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महोत्सवमा कलाकारलाई दर्शकको साथ


३ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा बिहीबारबाट हेटौंडा आँखा पछाडीको खाली जग्गा (भूटनदेवी पार्क) मा सञ्चालन गरेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव २०७३ जारी रहेको छ ।

नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको महोत्सवको दोस्रो दिन मकवानपुरका विभिन्न गाउँ गाउँबाट मानिसहरु महोत्सव अवलोकनका लागि आएको आयोजकले जानकारी दिएको छ । राउटेको स्टलमा मानिसहरुको भीड लागेको छ । यस्तै अन्य स्टलमा समेत मानिसहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ ।

‘महोत्सवको दोस्रो दिन उल्लेख्य मात्रामा दर्शकको उपस्थिती पाएका र्छौं’, आयोजक सुमन भोम्जन स्मृति प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले भने, ‘भोलीका दिनहरुमा अझै दर्शकको भीड बढ्ने सहजै अनुमान लगाउन सकिन्छ ।’ प्रतिष्ठानको आयोजनामा पहिलो पटक महोत्सव भएको स्मरण गराउँदै उनले सबैको सल्लाह एवम् सुझाव अनुसार यो महोत्सवलाई १३ दिनसम्म सञ्चालन गरिने जानकारी दिए । 
हसाए दमनले, नचाए बद्रीले
महोत्सवको दोस्रो दिन शुक्रबार हाँस्य कलाकार दमन रुपाखेती र सुजित थापाले हाँस्य प्रश्तुती पस्केका छन् ।

महोत्सव स्थलमा उपस्थित दर्शकहरु उनीहरुको प्रश्तुतीबाट मनोरञ्जन लिइरहृेका देखिन्थे । उनीहरुले विभिन्न नेताको क्यारिकेचर एवम् सामाजिक विकृतिको बिषयमा चोटिलो प्रहार गरेका थिए ।

झमक्कै साँझ परेपछि स्टेजमा उत्रिएका लोक गायक बद्री पंगेनीको प्रस्तुती अन्तिमसम्म नाचेर अवलोकनकर्ताले साथ दिइरहेका थिए । रातो पछ्यौरी बोलको गीतबाट आफ्नो प्रश्तुती सुरु गरेका पंगेनीले खान्न म त पिँडालु कोक्यायो, नाचौला झ्याउरेको तालैमा लगायत करिब आधा दर्जन गीत गाएका थिए ।

महोत्सवमा गायिका प्रिया भण्डारी लगायतले आफ्नो प्रश्तुती महोत्सवमा पस्केका थिए । जारी महोत्सवमा शनिबार गायक सविन राई, लोकगायक भोजराज काफ्ले र हाँस्यकलाकार सविन काफ्लेको प्रस्तुती रहने महोत्सव प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार