२ चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले उपहार स्वरुप पाएको लुगाधुने मेसिन बृद्धाश्रमलाई सहयोग गरी उदाहरणीय काम गरेको छन।
जननिर्वाचित वडाध्यक्ष बानियाँले हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् ।
उनले मकवानपुर उद्योग बाणिज्य संघको आयोजनमा हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उपहार कार्यक्रमअन्तर्गत् आफूलाई प्राप्त भएको लुगाधुने मेसिन आफुले प्रयोग नगरीआश्रमलाई सहयोग गरेका हुन् ।
हेटौंडाका विभिन्न आश्रमको तुलनामा ओम बृद्धाश्रममा तुलनात्मकरुपमा सहयोग कम भएकोले आफुले उपहार स्वरुप पाएको उक्त वासिङ मेसिन सहयोग गरेको बताए। उनले अन्य आश्रममा भन्दा बढी बृद्धबृद्धा रहेको आश्रमलाई राज्यको तर्फबाट खासै सहयोग भएको नभएको कारण सानो सहयोग उपलब्ध गराएको बताए। बानियाँले यसअघि पनि उक्त आश्रमका लागि आवश्यक सिमेन्ट सहयोग उपलब्ध गराएका थिए ।
वडा अध्यक्ष बानियाँले आफ्नो वडामा आर्थिक अवस्था न्यून भएकाहरुको स्वास्थ्य वीमा गराएर देशभर चर्चा बटुलेका थिए । ‘मैले प्राप्त गरेको सेवासुविधा समेत मैले वडाको मात्र नभएर जिल्लाको विकासमा खर्च गरिरहेको छु ।’, बानियाँले भने ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर–१४ का अध्यक्ष दीपक खड्का, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट तथा ओम बृद्धाश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेललगायत सहभागी थिए । आश्रममा २८ जना बृद्धबृद्धा आश्रित छन् ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




