Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा बासिको बिमा गरेका बानियाँको वृद्धाश्रमलाई वासिङ मेसिन सहयोग

IMG_20190316_123950-1552719344.jpg

२ चैत,हेटौंडा। हेटौंडा  उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले उपहार स्वरुप पाएको लुगाधुने मेसिन  बृद्धाश्रमलाई सहयोग गरी उदाहरणीय काम गरेको छन।

 जननिर्वाचित वडाध्यक्ष बानियाँले हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई  करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् ।

उनले  मकवानपुर उद्योग बाणिज्य संघको आयोजनमा हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उपहार कार्यक्रमअन्तर्गत् आफूलाई प्राप्त भएको लुगाधुने मेसिन आफुले प्रयोग नगरीआश्रमलाई सहयोग गरेका हुन् ।

हेटौंडाका विभिन्न आश्रमको तुलनामा ओम बृद्धाश्रममा तुलनात्मकरुपमा सहयोग कम भएकोले आफुले उपहार स्वरुप पाएको उक्त वासिङ मेसिन सहयोग गरेको बताए। उनले  अन्य आश्रममा भन्दा बढी बृद्धबृद्धा रहेको आश्रमलाई राज्यको तर्फबाट खासै सहयोग भएको नभएको कारण सानो सहयोग उपलब्ध गराएको बताए। बानियाँले यसअघि पनि उक्त आश्रमका लागि आवश्यक सिमेन्ट सहयोग उपलब्ध गराएका थिए ।

वडा अध्यक्ष बानियाँले आफ्नो वडामा आर्थिक अवस्था न्यून भएकाहरुको स्वास्थ्य वीमा गराएर देशभर चर्चा बटुलेका थिए । ‘मैले प्राप्त गरेको सेवासुविधा समेत मैले वडाको मात्र नभएर जिल्लाको विकासमा खर्च गरिरहेको छु ।’, बानियाँले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर–१४ का अध्यक्ष दीपक खड्का, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट तथा ओम बृद्धाश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेललगायत सहभागी थिए । आश्रममा २८ जना बृद्धबृद्धा आश्रित छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार