२ चैत, हेटौँडा । कुखुरामा बर्डफ्लु लागेको पुष्टि भएपछि हेटौँडा–७ नागस्वतिमा कुखुरा नष्ट गर्ने काम शुरु भएको छ । नागस्वतिका कुखुरापालक व्यवसायी कुलप्रसाद चौलागाईको खोरमा मरेका कुखुरामा बर्ड फ्लुको जीवाणु फेला परेको पुष्टि भएपछि शनिबारबाट कुखुरा नष्ट काम शुरु भएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले प्रभावित क्षेत्रको कुखुरा मार्ने निर्णय गरेपछि भेटनरी अस्पताल हेटौँडा, मकवानपुर कुखुरा ब्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय, कुखुरापालक ब्यवसायीसहित सरोकारवालाको सहभागितामा कुखुरा मारेर खाल्डोमा गाड्ने काम शुरु भएको छ ।
चौलागाईको खोरलाई केन्द्रविन्दु बनाई यस क्षेत्रका ४८ वटा खोरमध्ये २० वटा खालि रहेको जनाईएको छ । बाँकी रहेको २८ वटा खोरको ४१ हजार ५ सय कुखुरा नष्ट गरिने नष्ट गर्न खटिएका पशु प्राविधिकले जनाएका छन् । कुखुरा नष्ट नगरिएसम्म प्रभावित क्षेत्रको कुखुरा, अण्डा, सुलि ओसारपसारमा प्रशासनले रोक लगाएको छ । मकवानपुरको हेटौँडा वडा नम्बर ७ र ८ कुखुराका लागि पकेट क्षेत्र मानिन्छ । बर्ड फ्लुको संक्रमणका कारण व्यवसायीहरुलाई मार परेकाले उचित राहतका लागि उनीहरुले माग समेत गरेका छन् ।
राहतका लागि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कुखुरा, अण्डा लगायतको बर्गिकरण गरेर केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















