Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिवमको चुनढुंगा ढुवानीमा कडाई, यस्तो छ सहमति

K4-1552743685.jpg

२ चैत, हेटौँडा । शिवमको चुनढुंगा ढुवानीका क्रममा टिपरले ओभरलोड नबोक्ने सहमति भएको छ । मकवानपुरगढी वडा नम्बर २ शिखरकटेरीमा भएको सरोकारवालाहरुको छलफलमा ओभरलोड नबोक्नेसहित ९ बुँदे सहमति भएको हो ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष बखानसिं पाख्रिनको अध्यक्षतामा भएको छलफलमा ओभरलोड नबोक्ने र यसको नियन्त्रणका लागि प्रशासनले निगरानी गर्ने निर्णय भएको छ । छलफलमा चुनढुंगा ढुवानी गर्ने लोड टिपर बाँसपानी सामरी किनार हुँदै खोलाखेत शिखरकटेरी बैकल्पिक सडकबाट सञ्चालनगर्नेर खाली टिपर गैरीभञ्ज्याङ कुर्लेबाट सञ्चालन गर्ने, तिब्र गतिमा टिपर नचलाउने, त्रिपालले छोपेर ढुवानी गर्नुपर्ने, उद्योगले सञ्चालित बाटो मर्मत सम्भार गरी दुर्घटना र भयमुक्त वातावरण बनाउने निर्णय भएको छ ।
त्यसैगरी, चपकी खानीबाट उत्खनन गरिएको चुनढुंगा खोरभञ्ज्याङ हुँदै सुकौरा बाईपासबाट ढुवानी गर्न पहल गर्ने, टिपर सञ्चालन विहान ४ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्ने, शिवम सिमेन्ट लिमिटेडले धुलो, हिलो र धुँवा नियन्त्रण गर्नुपर्ने, शिखरकटेरी रानीखोला हटिया बाईपास निर्माण गर्न शिवम् सिमेन्ट उद्योगले पहल गर्ने, २ नम्बर वडाको खोला नियन्त्रण एवं बस्ति र खयरघारी संरक्षण उद्योगले गर्नुपर्ने निर्णय भएको छ । छलफलमा उपस्थिति सरोकारवालहरुले खानीबाट उत्पन्न समस्या समाधान र जोखिम न्यूनिकरणकासबैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय भएको वडा अध्यक्ष बखानसिंह पाख्रिनले बताए ।
कार्यक्रममा वडा सदस्य शिवप्रसाद न्यौपाने, रामप्रसाद पुडासैनी, सावित्रि विश्वकर्मा, शिवम्का प्रतिनिधि गजेन्द्र यादव, कान्तिलोकपथ आयोजनाका प्रतिनिधि रिकेश महर्जन, प्रहरी चौकी चौघडाका इन्चार्ज डम्बरबहादुर केसी, ढुवानी व्यवसायी, टोल विकास संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार