Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शिवमको चुनढुंगा ढुवानीमा कडाई, यस्तो छ सहमति

K4-1552743685.jpg

२ चैत, हेटौँडा । शिवमको चुनढुंगा ढुवानीका क्रममा टिपरले ओभरलोड नबोक्ने सहमति भएको छ । मकवानपुरगढी वडा नम्बर २ शिखरकटेरीमा भएको सरोकारवालाहरुको छलफलमा ओभरलोड नबोक्नेसहित ९ बुँदे सहमति भएको हो ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष बखानसिं पाख्रिनको अध्यक्षतामा भएको छलफलमा ओभरलोड नबोक्ने र यसको नियन्त्रणका लागि प्रशासनले निगरानी गर्ने निर्णय भएको छ । छलफलमा चुनढुंगा ढुवानी गर्ने लोड टिपर बाँसपानी सामरी किनार हुँदै खोलाखेत शिखरकटेरी बैकल्पिक सडकबाट सञ्चालनगर्नेर खाली टिपर गैरीभञ्ज्याङ कुर्लेबाट सञ्चालन गर्ने, तिब्र गतिमा टिपर नचलाउने, त्रिपालले छोपेर ढुवानी गर्नुपर्ने, उद्योगले सञ्चालित बाटो मर्मत सम्भार गरी दुर्घटना र भयमुक्त वातावरण बनाउने निर्णय भएको छ ।
त्यसैगरी, चपकी खानीबाट उत्खनन गरिएको चुनढुंगा खोरभञ्ज्याङ हुँदै सुकौरा बाईपासबाट ढुवानी गर्न पहल गर्ने, टिपर सञ्चालन विहान ४ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्ने, शिवम सिमेन्ट लिमिटेडले धुलो, हिलो र धुँवा नियन्त्रण गर्नुपर्ने, शिखरकटेरी रानीखोला हटिया बाईपास निर्माण गर्न शिवम् सिमेन्ट उद्योगले पहल गर्ने, २ नम्बर वडाको खोला नियन्त्रण एवं बस्ति र खयरघारी संरक्षण उद्योगले गर्नुपर्ने निर्णय भएको छ । छलफलमा उपस्थिति सरोकारवालहरुले खानीबाट उत्पन्न समस्या समाधान र जोखिम न्यूनिकरणकासबैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय भएको वडा अध्यक्ष बखानसिंह पाख्रिनले बताए ।
कार्यक्रममा वडा सदस्य शिवप्रसाद न्यौपाने, रामप्रसाद पुडासैनी, सावित्रि विश्वकर्मा, शिवम्का प्रतिनिधि गजेन्द्र यादव, कान्तिलोकपथ आयोजनाका प्रतिनिधि रिकेश महर्जन, प्रहरी चौकी चौघडाका इन्चार्ज डम्बरबहादुर केसी, ढुवानी व्यवसायी, टोल विकास संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार