Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

अनिताको ‘फूलको विद्रोह’ कविता संग्रह विमोचन

Anita-1552744597.jpg

२ चैत, हेटौँडा । मकवानपुरे कवि अनिता न्यौपानेले कविता संग्रह फूलको विद्रोह लिएर पाठक माझ आएकी छिन् । उनको कविता संग्रह शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
कविता कृतिको वरिष्ठ साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) सहित साहित्यकार लक्ष्मण गाम्नागे, निमेष निखिल, ज्ञानु अधिकारी संयुक्त रुपमा विमोचन गरेका थिए । एक दशकभन्दा लामो समयदेखि मकवानपुरमा रहेर साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेको यो पहिलो कृति हो । एकसय २१ पृष्ठ रहेको संग्रहमा ४५ वटा कविता रहेका छन् । साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको उपाध्यक्ष रहेकी न्यौपानको कविता संग्रह मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको हो ।
मञ्जरी पब्लिकेशनका अध्यक्ष गाम्नागेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार श्यामलले साहित्यले समाज बोल्नुपर्ने बताए । उनले साहित्यले समाजलाई सही मार्गमा हिँडाउनका लागि खबरदारी गर्नुपर्ने उल्लेख गरे ।
कविताकृति फूलको विद्रोहमाथि साहित्यकार निमेष निखिल र ज्ञानु अधिकारीले समिक्षा गरेका थिए । कृतिले देश, समाजमा भएका हरेक पक्षलाई काव्यिक रुपमा व्यक्त गर्न सफल रहेको अधिकारीले बताइने । उनले अधिकांश कविताले विशेषगरी नारी चेत बढी पाइएको बताए । 
यसै समिक्षक निखिलले कृति पठनिय र शसक्त रहेको बताए । उनले समाजका यावत कुरालाई सचेततापूर्वक कविता मार्फत कविले व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उल्लेख गरे । कवि न्यौपानले यसपछि निबन्ध र उपन्यासको तयारी भइरहेको बताइन् । निबन्ध सङ्ग्रह अन्तिम तयारीमा रहेको र उपन्यास लेखनकै क्रममा रहेको उनले बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg