Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

अनिताको ‘फूलको विद्रोह’ कविता संग्रह विमोचन

Anita-1552744597.jpg

२ चैत, हेटौँडा । मकवानपुरे कवि अनिता न्यौपानेले कविता संग्रह फूलको विद्रोह लिएर पाठक माझ आएकी छिन् । उनको कविता संग्रह शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
कविता कृतिको वरिष्ठ साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) सहित साहित्यकार लक्ष्मण गाम्नागे, निमेष निखिल, ज्ञानु अधिकारी संयुक्त रुपमा विमोचन गरेका थिए । एक दशकभन्दा लामो समयदेखि मकवानपुरमा रहेर साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेको यो पहिलो कृति हो । एकसय २१ पृष्ठ रहेको संग्रहमा ४५ वटा कविता रहेका छन् । साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको उपाध्यक्ष रहेकी न्यौपानको कविता संग्रह मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको हो ।
मञ्जरी पब्लिकेशनका अध्यक्ष गाम्नागेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार श्यामलले साहित्यले समाज बोल्नुपर्ने बताए । उनले साहित्यले समाजलाई सही मार्गमा हिँडाउनका लागि खबरदारी गर्नुपर्ने उल्लेख गरे ।
कविताकृति फूलको विद्रोहमाथि साहित्यकार निमेष निखिल र ज्ञानु अधिकारीले समिक्षा गरेका थिए । कृतिले देश, समाजमा भएका हरेक पक्षलाई काव्यिक रुपमा व्यक्त गर्न सफल रहेको अधिकारीले बताइने । उनले अधिकांश कविताले विशेषगरी नारी चेत बढी पाइएको बताए । 
यसै समिक्षक निखिलले कृति पठनिय र शसक्त रहेको बताए । उनले समाजका यावत कुरालाई सचेततापूर्वक कविता मार्फत कविले व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उल्लेख गरे । कवि न्यौपानले यसपछि निबन्ध र उपन्यासको तयारी भइरहेको बताइन् । निबन्ध सङ्ग्रह अन्तिम तयारीमा रहेको र उपन्यास लेखनकै क्रममा रहेको उनले बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार