Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

बकैयाका घोरासैनी भए गजलमा सर्वोत्कृष्ट

IMG_0077-1552745120.JPG

२ चैत, हेटौंडा । मकवानपुरको माध्यमिक तह स्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका भीमबहादुर घोरासैनी सर्वोत्कृष्ट भएका छन् । ८ जना प्रतियोगीलाई पछि पार्दै घोरासैनीले मनमाया स्मृति गजल पुरस्कार जितेका हुन् ।
गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रतियोगितात्मक कार्यक्रममार्फत सर्वोत्कृष्टलाई गजल पुरस्कार प्रदान गर्दै आएको छ । गजल मञ्च मकवानपुरले शनिबार १५३ औं नियमित गजल यात्रा तथा मनमाया स्मृति गजल पुरस्कार प्रदान गरेको हो । प्रतियोगितामा जिल्लाका कक्षा ९ देखि १२ कक्षासम्मका ९ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट ३ गजल कार्यक्रममा बाचन गराई सर्वोत्कृष्ट छनौट गरिएको थियो । उत्कृष्ट ३ मा महेन्द्र माविकै छात्रा शर्मिला घलान र ब्रम्हदिक एकेडेमीकी छात्रा कृतिका लौडारी छनौट भएकी थिइन् । 
गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी स्वर्गीय हजुरआमाको स्मृतिमा गजल पुरस्कार स्थापना गरेका हुन् । २ हजार दुई रुपैयाँ राशीको पुरस्कार यसवर्ष घोरासैनीले जितेका हुन् । पुरस्कार संस्थापक गौतम, बरिष्ठ साहित्यकार तुल्सी थापा, मञ्चका अध्यक्ष देवराज तिवारीलगायतले प्रतियोगितामा सर्वोत्कृष्ट भएका घोरासैनीलाई पुरस्कार प्रदान गरिएको थियो । गजलकार विश्वनाथ सञ्जेल र सञ्जीत श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए । 
कार्यक्रममा पुरुषोत्तम आचार्य,  विश्वनाथ सञ्जेल, सञ्जीत श्रेष्ठ, सुनिल गौतम, चिरञ्जीवी लामिछाने, अनिश न्यौपाने भावना, रमेश बिडारी, मेनु तिमल्सिनालगायतले अप्रतियोगी गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजाल, गीतकार तुल्सी घिमिरे, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, पुरस्कार संस्थापक दीपक गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg