२ चैत, हेटौंडा । मकवानपुरको माध्यमिक तह स्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका भीमबहादुर घोरासैनी सर्वोत्कृष्ट भएका छन् । ८ जना प्रतियोगीलाई पछि पार्दै घोरासैनीले मनमाया स्मृति गजल पुरस्कार जितेका हुन् ।
गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रतियोगितात्मक कार्यक्रममार्फत सर्वोत्कृष्टलाई गजल पुरस्कार प्रदान गर्दै आएको छ । गजल मञ्च मकवानपुरले शनिबार १५३ औं नियमित गजल यात्रा तथा मनमाया स्मृति गजल पुरस्कार प्रदान गरेको हो । प्रतियोगितामा जिल्लाका कक्षा ९ देखि १२ कक्षासम्मका ९ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट ३ गजल कार्यक्रममा बाचन गराई सर्वोत्कृष्ट छनौट गरिएको थियो । उत्कृष्ट ३ मा महेन्द्र माविकै छात्रा शर्मिला घलान र ब्रम्हदिक एकेडेमीकी छात्रा कृतिका लौडारी छनौट भएकी थिइन् ।
गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी स्वर्गीय हजुरआमाको स्मृतिमा गजल पुरस्कार स्थापना गरेका हुन् । २ हजार दुई रुपैयाँ राशीको पुरस्कार यसवर्ष घोरासैनीले जितेका हुन् । पुरस्कार संस्थापक गौतम, बरिष्ठ साहित्यकार तुल्सी थापा, मञ्चका अध्यक्ष देवराज तिवारीलगायतले प्रतियोगितामा सर्वोत्कृष्ट भएका घोरासैनीलाई पुरस्कार प्रदान गरिएको थियो । गजलकार विश्वनाथ सञ्जेल र सञ्जीत श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए ।
कार्यक्रममा पुरुषोत्तम आचार्य, विश्वनाथ सञ्जेल, सञ्जीत श्रेष्ठ, सुनिल गौतम, चिरञ्जीवी लामिछाने, अनिश न्यौपाने भावना, रमेश बिडारी, मेनु तिमल्सिनालगायतले अप्रतियोगी गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजाल, गीतकार तुल्सी घिमिरे, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, पुरस्कार संस्थापक दीपक गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...
२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...
२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल...
२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...
२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...
२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...
२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...
२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...