Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

संजीवनीको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

54433949_2302785529829296-1552754279.jpg

२ चैत, हेटौँडा । हेटौंडा ५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 
सहकारीले हेटौंडा ५ मा रहेको ज्ञानोदय बालबाटिका वोर्डिङ स्कुलमा निशुल्क स्वास्थ्य शिविर गरेको हो । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यतामा शिविर सञ्चालन भएको थियो । शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण , दन्त (दाँत) परिक्षण, मधुमेह (सुगर) परिक्षण, उच्च रक्तचाप (ब्लड प्रेसर ) परिक्षण गरिएको थियो । शिविरमा दुई सय चालिस जनाले मधुमेह, दुई सय ४३ जनाले उच्च रक्तचाप, ७८ जनाले दन्त र ९५ जनाले पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको स्वास्थ्य शिविर कार्यक्रम संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिए । शिविरमा पाठेघरको क्यान्सर परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको छ भने ३ जनामा सम्भावित देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख सुपेन्द्र कार्कीले बताए ।
 शिविरमा कान्तिुपर डेण्टल क्लिनिक, मेरि स्टोप्प सेन्टर र मेलान मकवानपुर सहर्काय रहेको थियो । कार्यक्रममा नेफ्स्कुनका मकवानपुर फिल्डका व्यवस्थापक ज्योती महत, सहकारी संस्थाका नि वर्तमान अध्यक्ष पूर्ण बहादुर खनाल, वडा ५ का वडा सदस्यहरु, संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

थप समाचार