२ चैत, हेटौँडा । हेटौंडा ५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सहकारीले हेटौंडा ५ मा रहेको ज्ञानोदय बालबाटिका वोर्डिङ स्कुलमा निशुल्क स्वास्थ्य शिविर गरेको हो । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यतामा शिविर सञ्चालन भएको थियो । शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण , दन्त (दाँत) परिक्षण, मधुमेह (सुगर) परिक्षण, उच्च रक्तचाप (ब्लड प्रेसर ) परिक्षण गरिएको थियो । शिविरमा दुई सय चालिस जनाले मधुमेह, दुई सय ४३ जनाले उच्च रक्तचाप, ७८ जनाले दन्त र ९५ जनाले पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको स्वास्थ्य शिविर कार्यक्रम संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिए । शिविरमा पाठेघरको क्यान्सर परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको छ भने ३ जनामा सम्भावित देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख सुपेन्द्र कार्कीले बताए ।
शिविरमा कान्तिुपर डेण्टल क्लिनिक, मेरि स्टोप्प सेन्टर र मेलान मकवानपुर सहर्काय रहेको थियो । कार्यक्रममा नेफ्स्कुनका मकवानपुर फिल्डका व्यवस्थापक ज्योती महत, सहकारी संस्थाका नि वर्तमान अध्यक्ष पूर्ण बहादुर खनाल, वडा ५ का वडा सदस्यहरु, संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















