४ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव शनिबार करिब ३५ हजारले अवलोकन गरेका छन् ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान तथा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत शनिबार महोत्सवमा अवलोकनकर्ताको घुइचो लागेको थियो । अन्य दिनका तुलनामा मेलाको तेस्रो दिन मेला स्थल भरिएको थियो । मेलामा विहानैबाट भीड लागेको र व्यापार पनि मनग्य भएको आयोजकले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष भेष खड्गीले दिन प्रतिदिन मेला भर्नेको संख्या बढिरहेको भन्दै दर्शकहरुको रुचिमा राष्ट्रिय कलाकार र विविध खेलकुद प्रतियोगिता रहेको बताए । खड्गीका अनुसार मंसिर ८ र ९ गते हुने कुस्ती प्रतियोगिताका लागि अग्रिम टिकट लिनेहरुको संख्या समेत बढेको छ । ‘मेलाको अर्को मुख्य आकर्षण भनेको कुस्ती प्रतियोगिता पनि हो । त्यसका लागि पनि टिकट बुकिङ भइरहेको छ’, उनले हेटौंडा गट ट्यालेण्टका कारण पनि मेला भर्नेको संख्या बढेको बताए ।
नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सवमा शनिबार राष्ट्रिय गायक सविन राई र उनको ब्याण्ड तथा लोकगायक भोजराज काफ्लेले मनोरञ्जन प्रदान गरेका थिए । जारी महोत्सवमा आइतबार ८८४८ ब्याण्ड, गायक ध्रुब विस्को, र्याप गायक भरत समारी र विश्वकै होचो व्यक्ति दीपेन शाही आउने प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।
तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुँदैछ । मेलामा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ ।
महोत्सव करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको छ । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


