Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सहिद स्मृति फुटबलमा मकवानपुर–११ को विजयी शुरुवात

Ft1-1553180623.jpg

७ चैत, हेटौंडा । आयोजक मकवानपुर–११ ले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा विहिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुरले मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
मच्छिन्द्रको तर्फबाट मोमिया मोहम्मदले  खेलको १६ औं मिनेटमा हेडमार्फत पलिो गोल गरेका थिए । खेलको ३० औं मिनेटमा काजिमले मकवानपुरको तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ६३ औं मिनेटमा काजिमले मकवानपुरका लागि निर्णायक गोल गरेका थिए । काजिम खेलको म्यान अफ दी म्याच समेत घोषित भए । 
प्रतियोगिताअन्तर्गत् शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच खेल हुनेछ । प्रतियोगिता उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिता फाइनल चैत १६ गते शनिबार हुनेछ  । प्रतियोगिताको विजेताले नगद आठलाख रुपैँया र उपविजेताले नगद चारलाख रुपैँया प्राप्त गर्नेछ । 
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन सरोहमा अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय सभासदस्य रामचन्द्र राई, ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रतियोगिता संयोजक प्रताप विष्ट, हेटौंडा उपमहानगरपालिका–५ नम्बर वडा अध्यक्ष राजेश बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार