Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडामा विपद व्यवस्थापन तथा अनुकुलन गोष्ठी

CCDN-1553266058.jpg

८ चैत, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र सामुदायिक विकास केन्द्र, नेपाल (सिसिडिएन)को सहयोगमा शुक्रवार हेटौडामा एक दिने विपद व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन मुलप्रवाहीकरण गोष्ठीको आयोजना गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा गोष्ठी भएको हो । गोष्ठीमा उपभोक्ता समूहको अवधारणा, जलवायु परिवर्तन अनुकुलनका क्रियाकलाप, विपद जोखिम न्यूनीकरण, अवधारणा, औचित्य, नीति नियम, सामुदायिक वनको वार्षिक योजना, अनुकुलनका वर्तमान अवस्थाको विश्लेषण, भावी योजना लगायतका विषयहरुमा समूहगत छलफल गरिएको थियो । 
कृष्ण ओझा र हेमन्त जोशीले सहजीकरण गरेको गोष्ठीमा डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ३ का सदस्य रामहरी चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सामुदायिक विकास केन्द्र,नेपालका नवराज थापा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार