Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश

Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १ सय ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
शनिबार भएको कार्यक्रममा नेकपाका केशव सापकोटासहित नेकपा र राप्रपा परित्याग गरी १ सय ५१ जना कांग्रेसमा प्रवेश गरेको तरुण दल मकवानपुरका सचिव सचित थापाले जानकारी दिए । पार्टीका जिल्ला नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं बकैया गाउँपालिका संयोजक भुमिनन्द गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपिलाल विक, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दाहाल, तरुण विभाग प्रमुख अर्जुन तिवारी,  विद्यार्थी विभाग प्रमुख राजिव सुवेदी, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, क्षेत्रीय सभापति एवं गाउँपालिका अध्यक्ष दामोदर खनाल, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण दल मकवानपुरका प्रमुख सल्लाहकार निरञ्जनप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न वडाका निर्वाचित अध्यक्षहरु, नेपाली कांग्रेस तरुण जिल्ला सचिव सन्तोष सापकोटा, जिल्ला सदस्य राजु नेपाल, साधुराम कठायत, अजय सापकोटा, तरुण विभाग सदस्य कुमार पोखरेल, पार्टीका क्षेत्रीय तथा गाउँ तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
तरुण दलमा दिर्घ, महिला संघमा बिबिमाया
बकैया गाउँपालिकास्तरीय भेलाबाट दिर्घ लामाको अध्यक्षतामा १३ सदस्यीय तरुण बकैयाँ गाउँपालिका कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा हिमाल लुम्बा, सचिवमा चन्दै विक, कोषाध्यक्षमा जानुका कार्की रहेका छन् । त्यसैगरी, बिबिमाया जिम्बाको अध्यक्षतामा ११ सदस्यीय महिला संघ बकैया गाउँपालिकापालिका कार्यसमिति गठन भएको छ ।

Congress-Bhelaa2-1553342155.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार