Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसदको तलब भत्ता बढ्यो

baneshwor-1479652102.jpg

५ मंसिर, काठमाडौं । अाईतबार बसेको व्यस्थापिका संसद बैठकले सांसदहरूको तलब भत्ता वृद्धि गरेको छ ।

आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३’ लाई संशोधन सहित स्वीकृत गरेसंगै सांसदहरूको तलब भत्ता वृद्धि भएको हो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसदमा प्रस्तुत गरेको विधेयक बहुमतले स्वीकृत भएको थियो । बृद्धिसंगै सांसदले तलब भत्ता मासिक एकमुष्ट १ लाख रूपैयाँभन्दा बढि पाउने भएका छन् । 
विधेयक पारित भएपछि सांसदले मासिक ५५ हजार २ सय ३० रूपैयाँ पारिश्रमिक पाउनेछन् । विशेष भत्ता १ हजार, बैठक भत्ता प्रतिदिन ५ सय, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १८,००० तथा फर्निचर खर्च १५ हजार पाउनेछन् । 

त्यस्तै, यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५ सय एवं बिजुली, धारा भत्ता मासिक २  हजार पाउने भएका छन् ।

जनता महंगीको मारमा परेको र भुकम्पका कारण अर्थतन्त्र धरासायी भएको अवस्थामा सांसदहरूको सेवा सुविधा बृद्धिको विरोधका अावाज समेत उठिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार